Ad Area

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा शाह


दाङ,१ साउन । प्रजातान्त्रिक विचार समाज दाङको अध्यक्षमा प्रेम शाह चयन भएका छन् । समाजको तेस्रो जिल्ला अधिवेशनले शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रेशमराज गिरी, सचिवमा केदारराज पाठक, सहसचिवमा चित्रकला आचार्य, कोषाध्यक्षमा निशान्त आचार्य छन् । समितिको सदस्यमा शरद गौतम, टेकन कँडेल, ऋषिराम केसी, सुलोचना गौतम, शोभाकर अधिकारी, इ प्रज्ज्वल आचार्य, ललितबहादुर केसी, बिमला अधिकारी, विक्रान्त ज्ञवाली छन् ।

उद्घाटन कार्यक्रम समाजका जिल्ला अध्यक्ष गोविन्दप्रसाद न्यौपानेको अध्यक्षता तथा समाजका लुम्बिनी प्रदेश संयोजक शंकरदिवस मजगैयाको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा वक्ताका रूपमा प्राडा विनयबहादुरसिंह वली र रेवतीरमण भट्टराई थिए । सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डे, नेपाली कांग्रेस जिल्ला सचिव अर्जुन योगी, नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्कालगायतले भनाइ राखेका थिए ।

समाजमा प्रजातन्त्रप्रति आस्था राख्ने प्राध्यापक, वकिल, पत्रकार, स्वास्थ्यकर्मी, शिक्षक, इन्जिनियरहरू सहभागिता रहेको छ । समाजका उपाध्यक्ष गोपाल भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केशवराज पोख्रेलले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad