Ad Area

ओपाईको इलेक्ट्रिक स्कुटी दाङको बजारमा


दाङ, ३ साउन । ओपाईको कम्पनीको इलेक्ट्रिक स्कुटी दाङको बजारमा आएको छ । युनाइटेड ट्रेड एण्ड सप्लायर्स घोराहीले ओपाईको इलेक्ट्रिक स्कुटी वजारमा ल्याएको हो ।

स्कुटरमा दुई हजार एक सय ६० वाटको ब्याट्री र एक हजार पाँच सय वाटको मोटर रहेको सञ्चालक नोख जिएमले जानकारी दिएका छन् । उनका अनुसार फुल चार्ज गर्न ५ देखि ६ घण्टा समय लाग्ने पर्दछ । फुल चार्ज भएमा १ सय किलो मिटर चल्ने छ । स्कुटीको व्याट्री तथा मोटरमा एक वर्ष ग्यारेन्टी दिएको उनको भनाइ रहेको छ ।

स्कुटीको मुल्य १ लाख ७० हजारदेखि २ लाख ३५ हजारसम्मको रहेको छ । कच्ची–पक्की दुबै किसिमका बाटोमा चल्ने गरी बनेका स्कुटर चाइनिज कम्पनीको हो । त्यसैगरेर इलेक्ट्रिक साइकल फुल चार्ज गरे ५० किलो मिटरसम्म गुड्न सक्ने सन्तोष भण्डारीले जानकारी दिए ।

साइकिलमा चार्ज सकिएपछि पैडल हान्न पनि सकिन्छ । व्याट्री र मोटरमा ६ महिना वारेन्टी दिएको उनको भनाइ रहेको छ । साइकलको मुल्य ६५ हजार १ लाखसम्म रहेको छ ।

Blog Post Ad Blog Post Ad