Ad Area

कांग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा


काठमाडौं,४ साउन । नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त भएका छन् ।

सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज जिम्मेवारी दिएका हुन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन् ।

सचेतक रहेकी पुष्पा भुसाल पनि उपसभामुख निर्वाचित भएपछि दुवै पद रिक्त थियो । रिक्त पदमा देउवाले नयाँ नियुक्ति गरेका हुन् ।

Blog Post Ad Blog Post Ad