Ad Area

समाजवादी प्रेस संगठन दाङको संयोजकमा कुमाल चयन


दाङ, ४ साउन । समाजवादी प्रेस संगठन दाङको संयोजकमा दिपक कुमाल चयन भएका छन् । नेकपा एकिकृत समाजवादीको जिल्ला र केन्द्रीय कमिटीले कुमाललाई शुभेच्छुक संस्था समाजवादी प्रेस संगठनको जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।

नेकपा एसका जिल्ला प्रबक्ता समेत रहेका कुमाल पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् । जिल्ला संयोजकको जिम्मेवारी पाएका कुमालले पत्रकारिता क्षेत्रको विकाससँगै जिल्लामा संगठनलाई संगठित गरेर सदस्य बढाउँदै व्यवस्थीत बनाउने प्रतिवद्धता गरेका छन् ।

विचारका हिसावले राजनैतिक पाटीमा आवद्ध भएपनि पत्रकारितामा निष्पक्ष र स्वतन्त्ररुपमा कलम चलाउने समेत बताएका छन् ।

Blog Post Ad Blog Post Ad