Ad Area

रोटरी क्लव अफ दाङको अध्यक्षमा महरा


घोराही, ७ साउन । रोटरी क्लव अफ दाङको वर्ष २०२२-२०२३ का लागि अध्यक्षमा ओविन्द्र बहादुर महरा चयन  हुनुभएको छ । क्लवको वर्ष २०२१-२०२२ का  अध्यक्ष रजिव उल्लाह खानको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं घोराहीका उपप्रमुख हुमाकुमारी डिसीको विशिष्ट आतिथ्यतामा शनिबार घोराहीमा ११औँ पद हस्तान्तरण  कार्यक्रम सम्पन्न गरिएको हो । रोटरी क्लब अफ दाङका नबनिर्बाचित अध्यक्ष महरालाई निर्वतमान अध्यक्ष खानले पद हस्तान्तरण गर्नुभएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष महराले रोटरी कल्वको नेतृत्व आफुले गर्दा समाजलाई सेवालाई प्राथमिकतामा राख्दै समाजका लागि खटेर यो कार्यसमितीले काम गर्ने बताउनु भयो ।

यस्तै आगामी वर्ष २०२३÷०२४ का लागि भावी अध्यक्ष प्रदिप मज्गैया, प्रस्तावित अध्यक्ष प्रदिप सुवेदी, उपाध्यक्षमा मिनराज भाट, सचिवमा डा. बोमबहादुर विसी, कोषाध्यक्षमा रोशन दाहाललाई चयन गरिएको छ । कार्यक्रम संयोजक रविकिरण केसीको  स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव रोशन दाहालले गर्नुभएको थियो ।