खेतमा पानी लगाउने क्रममा कुलोमा डुवेर मृत्यु

दाङ,१३ साउन । खेतमा पानी लगाउने क्रममा कुलोमा डुबेर दाङमा एक जनाको मृत्यु भएको छ ।
खेती लगाउने क्रममा कुलोको पानी खेतमा लगाउन जादा तुलसीपुर उपमहानगरपालिका–२ पोटली निवासी २५ वर्षीया नरेश चौधरीको निधन भएको प्रहरीले जनाएको छ ।
दंगीशरण ५ मा रहेको खेतमा पानी घुमाउने क्रममा पानीमा डुबेर चौधरीको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । चौधरीलाई मृगी रोग रहेको परिवारजनले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।