ज्ञानज्योती अन्तर कलेज भलिबलको फाईनलमा

लक्ष्मण बस्नेत
दाङ,१३ साउन । ज्ञानज्योती दाङको तुलसीपुरमा जारी अन्तर कलेज भलिबल प्रतियोगिता–२०७९ को फाईनलमा प्रवेश गरेको छ ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना संचालित प्रतियोगिताको शुक्रबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा अरनिको मावि नवागाँउ रोल्पालाई २५–१८,२५–११ र २९–२७ को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योती कलेज तुलसीपुरले फाईनल यात्रा तय गरेको हो ।
यसैबिच प्रतियोगिता अन्तरगतको दोस्रो सेमिफाइनलमा मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम र न्यू होराईजन स्कुल बुटवल रुपन्देही भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । यी दुईको खेलबाट बिजेता टिमले शनिवार उपाधिका लागि हुने फाइनल खेलमा ज्ञानज्योती कलेज तुलसीपुरसंग कडा प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता मुल आयोजक समितिका संयोजक तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिएका छन् ।