Ad Area

घोराही हार्डवेयर व्यवसायी समितिको अध्यक्षमा केसी


दाङ,२१ साउन । घोराही हार्डवेयर व्यवसायी समिति घोराही दाङको अध्यक्षमा दामोदर केसी चयन भएका छन् । समितिको शनिवार भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुनः केसीलाई चयन गरेको हो ।

अधिवेशनले समितिको उपाध्यक्षमा अम्मरराज भुसाल, सचिवमा किरणकिशोर रेग्मी, सहसचिवमा अनिरुद्र शर्मा कोषाध्यक्षमा पदमप्रसाद भण्डारी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भरत केसी, पल्बमान थापा, बलदेव योगी, गोकर्ण पाण्डे, समीर पन्त रहेका छन् ।

यसैविच उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले व्यवसायीक हितसँगै व्यवसायीलाई बचाउनका लागि अस्वस्थ्य प्रतिष्पर्धा बन्द हुनुपर्ने घोराही हार्डवेयर व्यवसायी समिति तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा बोल्ने बक्ताहरुले बताएका छन् ।

उनीहरुले अस्वस्थ प्रतिष्पर्धाका कारण कतिपय व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गरेर पलायन हुनु परेको भन्दै व्यवसायलाई स्वस्थ र सफल बनाउनका लागि राज्यको नीति अवलम्वन गर्दै उदारो व्यापार बन्द गर्नुपर्नेमा जोड दिएका थिए । साथै उनीहरुले उद्योग चलेमात्रै व्यवसायीहरु बच्ने भएकाले व्यवसाय चल्ने बातावरण बनाउनका लागि उद्योग नियमित सञ्चालन गर्ने बातावरण बनाउन राज्यसँग माग गरेका थिए ।

घोराही हार्डवेयर व्यवसायी समिति घोराही दाङका अध्यक्ष दामोदर केसीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यता एवं घोराही सिमेन्ट प्रालीका जनसम्पर्क अधिकृत अमर सुवेदीको विशिष्ट आथ्यितामा कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, घोराही हार्डवेयर व्यवसायी समितिका सल्लाहकार फनिराज पोख्रेल, नारायणपुर हार्डवेयर व्यवसायीका अध्यक्ष अनिल बस्नेत, घोराही भाडा व्यवसायी समितिका अध्यक्ष मधुसूदन अधिकारी, प्लास्टिक व्यवसायी समिति घोराहीका अध्यक्ष ओमप्रकाश खड्का, सुरक्षीत कुखुरा तथा दाना व्यवसायी समितिका सचिव सुन्दर बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Blog Post Ad

अधिवेशन तथा साधारणसभामा समितिका सचिव लुमाकान्त लम्सालले वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष बिमलकुमार थापाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । समितिका उपाध्यक्ष अमरराज भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रका पार्वती बस्नेतले गरेकी थिइन । समितिले साधारणसभा तथा अधिवेशन सफल बनाउनका लागि सहयोग गर्ने विभिन्न संघसस्थाहरुलाई सम्मान गरेको थियो ।

Blog Post Ad Blog Post Ad