Ad Area

जनप्रतिनिधी र पार्टीबीच सहकार्य आवश्यकः उपसभापति खनाल


कमिरेचौर, २८ साउन । नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालले पार्टी र जनप्रतिनिधीबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ (क) ले बंगलाचुली गाँउपालिकाको कमिरेचौरमा जनप्रतिनिधी र नेपाली कांग्रेसबीच आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभापति खनालले विकास निर्माण र सामाजिक रूपान्तरणकालागी पार्टी र जनप्रतिनिधीबीच सहकार्य र समन्वय हुन आवश्यक भएको बताएका हुन ।

संविधान सभा सदस्य समेत रहेका खनालले गठबन्धन देशको आवश्यकता भएको बताए । लिने र दिने अवधारणाका साथ नेपाली कांग्रेस अन्य दलसँग गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा रहेको उनको भनाई थियो । बिगतको निर्वातनमा भएको समीक्षा गर्दै कमीकमजोरीलाई सच्याउदै शंक्ति सञ्चयकासाथ आगामी निर्वाचनको तयारीमा लाग्न सम्पूर्ण नेता कार्यकर्तामा अनुरोध गरे ।

बंगलाचुली गाउपालिका पहाडी गाँउपालिका भएकाले पनि विकासमा केही पछि परेकाले यस क्षेत्रको विकासकालागी सबै हातेमालो गरेर विकास निर्माणमा लाग्न खनालको अनुरोध गरेका थिए । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री खगराज पाण्डेले नेता कार्यकर्तालाई क्रियाशील बनाउनकालागी प्रशिक्षण र उत्प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका थिए ।

अर्का विशिष्ठ अतिथि नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले कांग्रेसलाई बनाउनकालागी वडा समिति क्रियाशील हुन आवश्यक रहेको बताए । वडा समिति पार्टीको जग भएकाले जग बलियो बनाएर आगामी निर्वाचनको तयारीमा लाग्न सम्मूर्ण नेता कार्यकर्तामा अनुरोध गरे ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ (क) का सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति मोहनलाल वली, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सचिव आर.के.शीतल, नेपाली कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधी पूर्णबहादुर मल्ल, बंगलाचुली गाउपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी, नेपाली कांग्रेस बंगलाचुली गाँउपालिका सभापति जागेश्वर अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।

Blog Post Ad

बंगलाचुली गाउपालिका १ का अध्यक्ष बिष्णु कवर, वडा नम्बर २ का अध्यक्ष मैते पुन, वडा नम्बर ४ का अध्यक्ष डासबहादुर डाँगी, ५ का वडा सदस्य डम्बर बैजाली, ६ का अध्यक्ष डोमबहादुर खत्री, सदस्य हिमाल महरा, कार्यपालिका सदस्य गणेश विश्वकर्माले जनप्रतिनिधी भएपछिमा अनुभव व्यक्त गरेका थिए ।

त्यस्तै बंगलाचुली गाँउपालिका १ का सभापति बिनोद गौतम, २ का कार्यवाहक सभापति ईश्वर रोका, ३ का सभापति गिरबहादुर डाँगी, ४ का सभापति शिवराज परियार, ५ का सभापति केशव जिसी, ६ का सभापति हिराबहादुर घर्ती, ७ का सभापति तेजबहादुर खत्री, ८ का सभापति ज्ञानबहादुर वलीले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै आगामी निर्वाचनका विषयमा भनाई राखेका थिए ।

क्षेत्र नम्बर २ ’क’ का सचिव माया पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव शिशिर अधिकारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad