Ad Area

बाँकेको हात्तीसार केन्द्र विन्दु बनाएर ४ दशमलव ९ म्यागनिच्युटको भूकम्प


दाङ, ४ भदौ । गएराति बाँकेमा भूकम्प गएको छ । बाँकेको हात्तीसार केन्द्र विन्दु बनाएर राति १ बजेर २७ मिनेटमा ४ दशमलव ९ म्यागनिच्युटको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभाग अन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सूचना अधिकारी नारायण बास्कोटाले पश्चिम नेपालमा यसअघि भूकम्प नगएकाले यसलाई यसलाई सानो खालको भूकम्प भन्न मिल्ने बताउनुभयो ।

उहाँका अनुसार बाँकेसहित, बर्दिया, कैलाली, कन्चनपुर, दाङलगायत छिमेकी देश भारतको लखनउसम्म भूकम्पको धक्का महसुस गरिएको छ । सानो खालको भूकम्प गएकाले आगामी दिनमा यसले ठूलो धक्का दिन सक्ने सम्भावना पनि रहेको उहाँले बताउनुभयो ।

पूर्व क्षेत्रमा भने २०७२ को विनाशकारी भूकम्पको पराकम्प जाने गरेको छ । अहिलेसम्म ५ म्याग्निच्युटको सयौँ पराकम्प पूर्वी क्षेत्रमा गईसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Blog Post Ad Blog Post Ad