Ad Area

दाङमा लुम्विनी प्रदेश सरकारका योजना कतै अलपत्र कतै विवादित


दाङ, ९ भदौ ।
प्रदेश सरकार गठन भएपछि लुम्विनी प्रदेश सरकारले दाङका लागि तय गरेका महत्वपूर्ण गौरवका आयोजना सम्पन्न भएनन् । यस्ता आयोजनामध्येमा नाचघर, बाह्रकुने जलाशय, नेत्रलाल अभागी फुटवल रंगशाला, एक पालिका एक औद्योगिक ग्राम, बोटानिकल गार्डेन पर्दछन् ।

अलपत्र सांस्कृतिक डवली

दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ घोरदौरामा लुम्विनी प्रदेश सरकारले नाँचघर बनाउने योजना बनायो । आर्थिक बर्ष २०७६–०७७ मा प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यो बजेट मध्ये ४४ लाख खर्च भयो । आर्थिक वर्ष ०७७–०७८ मा एक करोड ३५ लाख बजेट विनियोजन गरिएको थियो । एक करोड १६ लाखको काम भयो । हाल सम्म एक करोड ६० लाख बजेट खर्च हुँदा पनि नाचघर भताभुंग छ ।

यस योजनाअन्तर्गत भवन, दर्शक बस्नका लागि सिँढी, शौचालयलगायतका संरचना निर्माण गरिएका थिए । तर २०७८ असारमा परेको पानीले वर्षाका कारण फिलिङ गरेको माटो दबेपछि निर्माणाधीन अवस्थामा रहेको नाचघरको संरचना भत्किएको थियो । बनाउदै गरेको नाचघर भत्किदा यो विषयमा चर्काे विवाद समेत भएको थियो ।

यो सांस्कृतिक डबली बनाउन भिरालो जमिनलाई सम्याइएको थियो तर २०७८ सालमा पानी पर्दा पुरेको जमिन भासिएर भवनको पश्चिमतिरको गाह्रो भत्किएको थियो । दर्शक बस्नका लागि बनाइएका पाँचवटा सिंँढी तथा शौचालयलगायतका अन्य संरचनासमेत काम नलाग्ने गरी चर्किएको स्थानीय टेक बहादुर पुनले बताए ।

पहिले वन कार्यालय अन्तर्गत भइरहेको यो काम आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश पर्यटन कार्यालयलाई दिइयो । यो नाचघर बनाउनुको उद्देश्यपहाडी क्षेत्रलाई विकास गर्नु थियो ।

Blog Post Ad

लुम्बिनी प्रदेश सरकार पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय पर्यटन डिभिजन कार्यालय नेपालगञ्जका सुचना अधिकारी पुष्कर सिंह ठकुरीले नाचघरको संरचनाहरु फेरी नबनाइने बताए ।
डिभिजन बन कार्यालय अन्तर्रगत बनेको नाचघरको लागत खर्च अस्वभाविक भएको भन्दै विवाद भएको थियो । “साँस्कृतिक डवली निर्माणको लागि आर्थिक बर्ष २०७८–०७९ मा १० लाख विनियोजन भएको थियो, तर कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएकाले हामिले काम गर्न सकेनौ” ।

बाह्रकुने दहमा जलाशय बनाउने योजना विवादित

 

घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित बाह्रकुने दहमा बहुउदेश्यिय पार्क बनाउने योजना बनाइएको थियो । यसका लागि कम्पाउण्ड सहितको मन्दिर निर्माण, टिकट घर, गार्ड घर, जलाशय, पार्क र फुटपाथ बनाउने योजना थियो । यो काम पुरा गर्नका लागि ११ करोड ७ लाख रुपैँयाको अनुमान गरिएको थियो । पछि नागार्जुन शिव निर्मल जेभीसंग ६ करोड ६ लाख ५२ हजारको सम्झौता गरिएको थियो ।

यस कामका लागि गहिरो ठाउँमा रहेका मन्दिरहरुलाई दहभन्दा माथिको अग्लो ठाउँमा सार्नुपथ्र्याे । तर ती मन्दिर सार्ने र जलाशय बनाउने काममा स्थानीय बासिन्दाले विवाद गर्दे आएका छन् ।

बाह्रकुने दह संरक्षण समितिका संयोजक देव बहादुर घर्ती मगरका अनुसार परापूर्वकाल देखिनै भएको मन्दिरहरुलाई त्यहीँ ठाउँमा राख्नुपर्ने स्थानीय बासिन्दाको माग छ ।
विवाद मिलाउन पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रालयका सचिव महाशाखा प्रमुख,स्थानीय संग छलफल गरिएको थियो ।

रंगशाला निर्माणको काम अधुरै

खेलकुदको विकासका लागि घोराही उपमहानगरपालिका वडा नं. १६ करौंती डाँडामा अन्तर्राष्ट्रियस्तरको नेत्रलाल अभागी फुटवल रंगशाला बनाउने योजना बनाइयो । यसका लागि संभाव्यता अध्ययन गर्न आर्थिक वर्ष २०७४÷०७५ मा बजेट विनियोजन गरियो । त्यस यता वर्षेनी बजेटको व्यवस्था गरिदै आएको भएपनि माटो पुर्ने, माटो बग्न नदिनका लागि रंगशालाको तल्लो भागमा पर्खाल बनाउने बाहेक केही काम भएको छैन ।
गुरुयोजना अनुसार रंगशालाभित्र फुटबल मैदान, स्विमिङ पुल, इन्डोर गेमका लागि हल र आवश्यक संरचना बनाउनुपर्ने थियो ।

मुख्यमन्त्री शंकर पोख्रेल हुँदा अगाडी बढाइएको योजना कोरोनाले गर्दा दुइ बर्ष अघि बढेन । लुम्विनी प्रदेशमा सरकार परिवर्तन भएपछि भने फेरी सम्भाव्यता अध्ययन गरिने भएको छ । “हामिले डीपीआर ठीक छकी छैन भनेर अध्ययन गर्नप्राविधिकको टोली पठाउदैँछौ । ठीक भए काम अगाडी बढ्छ, नभए फेरी डीपीआर तयार गरेर मात्र काम अगाडी बढ्छ” पूर्वाधार विकास प्राधिकरण दाङका प्रमुख कार्यकारी अधिकृत छवी राज पोख्रेलले बताए । रंगशाला बनाउन ३ अर्व लाग्ने अनुमान गरिएको छ ।

घोषनामा मात्र सिमित एक पालिका एक औद्योगिक ग्राम कार्यक्रम
दाङमा एक पालिका एक औद्योगिक ग्राम स्थापना गर्ने संघिय सरकारको महत्वाकांक्षी कार्यक्रम लागु हुन सकेको छैन् । यहाँका १० वटै स्थानीय पालिकामा औद्योगिक ग्राम स्थापना गर्ने काम अगाडी बढाइएको छैन् । आर्थिक वर्ष २०७६÷०७७ बाट यो कार्यक्रम अगाडी बढाइने लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रममा पनि राखिएको छ । तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा औद्योगिक ग्राम निर्माणका लागि सम्भाव्यता अध्ययन तथा डीपीआर तयार गरिएको थियो । “सम्भाव्यता अध्ययन तथा डीपीआर गरेको फाइल प्रदेशसकारलाई पठाइसकेका हौं,” घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उम बहादुर वलीले भने ।

“उपमहानगरपालिकाले आफ्नोतर्फ काम गरेको हो तर केन्द्रबाट नै निर्णय हुन सकेको छैन,” तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले बताए ।
घोराही उपमहानगरपालिकामा संघीय सरकारले औद्योगिकक्षेत्र घोषणा गरिसकेको छ । पालिकाको वडा ३ मा ५ सय ५० विग्राह क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा प्रस्ताव गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको लामो समयको प्रयास तथा सरोकारवालाहरूको सहयोगपछि मन्त्रिपरिषद्ले औद्योगिक क्षेत्र घोषणा गरेको थियो । तर, त्यसको काम अगाडि बढ्न समेत सकेको छैन । औद्योगिक क्षेत्र घोषना गर्ने भनिएको क्षेत्रका नागरिकको विवाद तथा संघिय सरकार स्थानियहरुको सक्रियता नहुँदा यो काम रोकिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए ।

लमही नगरपालिकाले औद्योगिक ग्रामको काम अगाडि बढ्न नसकेको जनाएको छ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतगहेन्द्रबहादुर डाँगीले औद्योगिक ग्रामको काम सुरु नभएको बताए । “औद्योगिक ग्राम बनाउने भन्ने, जग्गा संरक्षण गर्नेभन्दा अरू कामभएको छैन,” उनले भने ।

बोटानिकल गार्डेनको काम अगाडी बढेन

घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर विजौरी डाँडामा करिव ७ हेक्टर जग्गामा वनस्पति उद्यान बनाउन थालिएको थियो । कृषि तथा वन विज्ञान अध्ययन गर्ने प्रदेशका एक हजार विद्यार्थीलाई अध्ययन अनुसन्धान गर्न सहयोग पुग्ने गरी उद्यान बनाउने योजना अगाडी सारिएको हो । सम्भाव्यता अध्ययनको समयमा ३५ करोड लाग्ने अनुमान गरिएको थियो ।

उद्यान बनाउनका लागि सिचाइँ पाइपलाईन विच्छ्याउने, उद्यानमा माटो भर्ने, फुटपाथ बनाउने बाहेकका काम भएका छैनन । यति काम गर्दा ३४ लाख खर्च भएको छ । उद्यानमा हुनुपर्ने आवश्यक संरचना संगै उद्यानकोे दक्षिण भागमा तीन सय मिटर अग्लो बुद्धको मुर्ति र घण्टाघर निर्माण गरिने, टिमुर, गुर्जाे, बर्राे, साल, साज, खयर, सुगन्ध कोकिला लगायतका विभिन्न प्रजातिका विरुवा, फलफुलका विरुवा रोप्ने काम भएका छैनन् ।

निर्माण सुरु गरिएको तीन वर्षमा सामान्य पहिलो चरणको काम भएको छ । लुम्विनी प्रदेश सरकार अन्तर्रगतको बोटानिकल गार्डेन बनाउने काम डिभिजन वन कार्यालयले हेर्दे आएको थियो । २०७८ बाट भने घोराही उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाले हेर्दे आएको छ । २०७७÷०७८ मा कोरोना भाइरसको कारणले काम हुन नसकेको घोराही उपमहानगरपालिका १२ का वडा अध्यक्ष दोरण बहकरीले बताए । गएको बर्षमा योजना अनुसारको काम नभएपनि सुस्त रुपमा योजनालाई पूर्णता दिने बहकरीले बताए ।

Blog Post Ad Blog Post Ad