Ad Area

प्रहरी प्रमुख काफ्लेलाई विदाई


दाङ ९ भदौ । जिल्लाबाट सरुवा भएर जान लागेका प्रहरी उपरिक्षक सुरेश काफ्लेलाई विभिन्न संघ संस्थाले औपचारिक कार्यक्रम गरेर विदाई गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघ, सामुदायिक प्रहरी सेवा केन्द्र दाङले फरक फरक कार्यक्रम गरेर बिदाई गरेका हुन ।

काफ्लेको काठमाडौ सरुवा भएको छ । १४ महिना भन्दा बढि जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख भएर जिम्मेवारी पुरा गरेका काफ्लेलाई संघले बिहीवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेलाई विदाइ गरेको छ ।

कार्यक्रममा वोल्दै विदाइ भएर जान थालेका काफ्लेले आफनो कर्तव्य निर्वाह गरेको बताए । जिल्लामा रहदा सबैको सहयोगले नै सहज रुपमा काम गर्न सकिएको उनको भनाइ रहेको थियो । निजी क्षेत्रसंगको सहकार्यमा जिल्लामा धेरै काम गर्न सकिएको र आउदा दिनमा पनि निरन्तरता दिन समेत आग्रह गरे । जिल्लामा शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने सबैलाइ धन्यावाद समेत दिए । दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रमुखले महत्वपुर्ण योग्दान गरेको बताए ।

जिल्लामा अगाडि वढन नसकेका विकास निर्माणका काम अगाडि बढाउन समेत प्रहरी प्रमुखले भुमिका खेलेको बताए । संघका पुर्व अध्यक्ष चन्द्रराज पन्तले प्रहरी प्रमुख काफलेले नागरिकले अनुभुति हुने गरि काम गर्न सफल भएको बताए । जसको फल स्वरुप नै समाजमा अपराधीक घटना कम भएको उनको भनाइ रहेको थियो । संघका महासचिव महेन्द्र वुढाथोकीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए ।

यसैविच सामुदायिक प्रहरी सेवा केन्द्र दाङले पनि प्रहरी प्रमुखलाई विदाई गरेको छ । केन्द्रका अध्यक्ष आर.के.शीतलको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरिक्षक काफ्लेले सामुदायिक प्रहरीले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा समाजमा अपराध नियन्त्रणकालागी र समाज रुपान्तरणकालागी खेलेको भूमिका प्रशंसायोग्य भएको बताए । उनले जिल्लामा एक बर्षभन्दा धेरै अवधी रहदा दंगालीहरुलाई सुरक्षा प्रदान गर्नकलागी लागीपरेको बताउदै यस अवधीमा भएका अपराधिक घटनाका दोषीहरु सबै पक्राउ परेको बताए ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका निवर्तमान अध्यक्ष विष्णु पुन, सल्लाहकार भुपेन्द्र सुवेदी, खड्ग बुढाथोकी, दिपक शर्मा ‘समीर’ लगायतले मनतव्य राखेका थिए । कार्यक्रमको सहजिकरण केन्द्रका सचिव के.वि घर्तीले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad