Ad Area

होटल व्यवसायीद्वारा तिज मिलन कार्यक्रमको तयारी पूरा


घोराही, १० भदौ । दाङ देउखुरी होटल व्यवसायी समितीले आयोजना गर्न लागेको तिज विशेष कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । समितीले शनिवार घोराहीको होटल माला ईनमा आयोजना गर्न लागेको भब्य तिज मिलन तथा दरखाने कार्यक्रमको तयारी पुरा भएको जनाएको छ ।

समिती अध्यक्ष दिपेन्द्र पुनले दिएको जानकारी अुनसार शनिवार दिउसो १ बजेबाट सुरु हुने तिज मिलन कार्यक्रमको तयारी पुरा भएको जानकारी दिनुभएको छ । कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुतीबाट मनोरञ्जन दिने छन् ।

गायिका टिका पुन, हास्यकलाकार कमल गाउँले, गायक प्रेमविवश घर्तिलगाएतका स्थानिय तथा राष्ट्रिय कलाकारहरुले कार्यक्रममा तिजका गित गाउँदै नाँच्दै सहभागीलाई मनोञ्जन प्रदान गर्ने छन् । साथै दर खाने कार्यक्रमअन्तरगत सहभागीहरुलाई खुवाउने दरको परिकारको तयारी समेत तयारी अवस्थामा राखिएको छ ।

नेपाली कला, संस्कृति र मौलिकतालाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तिज मिलन कार्यक्रमको आयोजना गरिएको समितीले जनाएको छ । समितीले शनिवार हुने कार्यक्रमका लागि एक साता पहिलेदेखी टिकट विक्री वितरणका साथै व्यवस्थापकिय काम गर्दै आएको थियो ।

Blog Post Ad Blog Post Ad