Ad Area

हिरासतबाट छुटेको तीन दिनमा फेरि पक्राउ


घोराही, १२ भदौ । दाङमा प्रहरीले थुनुवा छुटाइ दिने भन्दै अभिभावकसँग रकम असुल्ने एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवा निवासी २० वर्षीय प्रतिक बस्नेत रहेका छन् ।

बस्नेतले सार्वजनिक शान्ति सुरक्षा कसुर मुद्धामा पक्राउ परेका घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी अजित पुनमगरसहितका तीन युवासँग चिनजानसँगै सम्वन्ध विस्तार गरेर अभिभावकसँग रकम असुल गरेका थिए ।

भदौ ८ गते थुनुवा कक्षबाट छुटेपछि बस्नेतले थनुवा कक्षमा रहेका अजितकी आमालाई फोन गरेर आफु जिल्ला प्रहरी कार्यालयको मुद्धा शाखाको प्रहरी कर्मचारी भएको झुट्टो आश्वासन दिएर छोरालाई छुटाईदिने भन्दै ५० हजार रुपैया लिएर फरार भएका थिए ।

छोरालाई छुटाउनका लागि आफुले पैसा दिएको र छोडिदिनु प¥यो भन्दै अजितकी आमा जिल्ला प्रहरी कार्यालयमा आएपछि घट्नाबारेमा जानकारी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त एवं प्रहरी नायव उपरिक्षक राजन गौतमले जानकारी दिनुभएको छ ।

पैसा असुल गरेर फरार रहेका बस्नेतलाई मोवाइल लोकसनका आधारमा जिल्ला प्रहरी कार्यालय प्युठानको सहयोगमा शनिवार प्युठान जिल्लाको प्युठान नगरपालिका–७ बिजुवार बजारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त एवं प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पक्राउ परेका बस्नेतलाई ठगी मुद्धामा प्रहरीले मुद्धा चलाएको छ । बस्नेत सार्वजनिक अपराध मुद्धामा २३ दिन थुनुवा कक्षामा बसेर भदौको ८ गते जिल्ला प्रहरी कार्यालय घोराहीबाट छुटेका थिए । थुनुवा कक्षाबाट छुटेको ३ दिनपछि पुन : बस्नेत पक्राउ परेका हुन ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad