Ad Area

दाङमा चट्याङ लागेर दाङ २ महिलाको मृत्यु, दर्जन बढी घाइते


घोराही, १५ भदौ   । दाङमा चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ । तीजको दिन राती नाचगान भैरहेको समयमा घोराही उपमहानगरपालिका-१२ गुरौकाे सालडाँडामा २ जना महिलाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभएको छ ।  घटनामा परि वर्ष १९ कि दीपा घर्ती र वर्ष १९ कि माेनिसा शाहकाे मृत्युु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गाैतमले जानकारी दिनुभयो ।

उक्त घटनामा १२ जना बढी महिला गाइते भएको र उनीहरु मध्य दुई जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटना स्थलमा फोन पनि नलाग्ने र दुर्गम भएकाले थप जानकारी आउन नसकेको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ । घटना स्थलमा प्रहरी पुगिसकेको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad