Ad Area

जवरजस्ती करणीको आरोप लगाएर ५० माग्ने तीन महिला पक्राउ


दाङ, असोज दाङमा प्रहरीले एक पुरुषहरुलाई जवरजस्ती करणीको आरोप लगाएर ५० लाख रुपैयाको बारर्गेनिङ गर्ने तीन जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका महिलाहरुलाई आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।

घोराही उपमहानगरपालिका–१५ निवासी भद्रबहादुर जैसी (नाम परिवर्तन) गरेका एक पुरुष व्यवसायीलाई गएको असार ६ गते घोराही बजारमा रहेको कोहीनुर रेष्टुरेन्टमा बोलाई बियर, मासु खाने र साँझ परेपछि घर जाउँभन्दा महिलामाथि हात लगाए भन्दै जवरजस्ती करणीको मुद्धा हाल्छु भनेर धम्काउँदै ५० लाख रुपैया दिनुपर्ने बार्गेनिङ गर्ने महिलाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

दाङ जिल्ला प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी ३२ बर्षीय सितादेवी थापा, सोही ठाउँ निवासी ३५ बर्षीया खुमा वली र ३२ बर्षीय सुष्मा परियार रहेका छन् ।

‘पक्राउ परेका मध्य सितादेवी थाप र खुमा वलीले भद्रबहादुर जैसीलाई असार १६ गते फोन गरी सुरुमा मेरो घरायसी विषयको मुद्धा छ, तपाई कानुन जानेको मान्छे भनि घोराही–१५ मा रहेको कोहिनूर रेष्टुरेन्टमा बोलाएका रहिछन’–पत्रकार सम्मेलनमा प्रहरी प्रमुख काफ्लेले भने–‘रेष्टुष्टमा आएपछि सुरुमा बियर, मासु खाएका रहिछन । त्यसपछि ती पुरुषले साँझ परिसक्यो अव घर जाउँ भन्दा उल्टै पुरुषलाई गाली गलौज गर्दै महिलालाई हात लगाउने तलाई प्रहरीमा जवरजस्ती करणीको मुद्धा हाल्दै भनेर सुरुमा निस्किएका रहिछन् ।’ उनले भने

तर उनीहरु त्यहाँबाट निस्किएपछि मुद्धा हाल्नेभन्दा पनि सम्वन्धीत व्यक्तिबाट पैसा असुल्ने गरि ती व्यक्तिलाई फोन गर्दै डर धम्की देखाउन थालेका रहिछन । असार ७ गते प्रतिवादी मध्यकी खुमा वलीले पुनः त्यी व्यक्तिलाई फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाई यो छिटो कुरा मिलाउनु प¥यो नत्र प्रहरीमा उजुरी हाल्छौ भनी डर त्रास देखाई ५० लाख रुपैयाको माग गरेको तथ्य फेला परेको प्रहरी पक्राउ काफ्लेले बताए ।

Blog Post Ad

‘निवेदकले सुरुमा आफ्नो मान र प्रतिष्ठामा आच आउँछ भनि महिलाहरुले भने अनुसार नै मिल्नका लागि होटेलमा गएछन्, तर ५० लाख रुपैया माग गरेपछि ती पुरुषले आफुसँग त्यतिका रकम आफुसँग छैन भनेपछि तलाई मुद्धा हाल्छौ भनेर धम्काएछन्’,उनले भने,‘त्यसपछि उनीहरुले ५० लाख नआउने देखिएपछि उनीहरुसँग भएको एक लाख रुपैया तत्काल लिएछन र बाँकी १७ लाख रुपैयाको सिभिल बैंकको चेकमा जवरजस्ती दस्तखत गराई लिएपछि घट्ना प्रहरीसम्म आइपुगेको हो ।’ प्रहरी प्रमुख काफ्लेले अभियुक्तहरुलाई नियन्त्रणमा राखेर घट्ना बारेमा थप अनुसन्धान भैरहेको समेत बताएका छन् ।

‘आफ्नो इज्जतसँग जोडेर पुरुषलाई डरधम्की देखाउँदै पैसाको बार्गेनिङ हुने गरेको सुनिन्छ,तर त्यस्ता प्रकृतिका मुद्धा प्रहरीसम्म आइपुग्दैनन्’–प्रहरी प्रमुख काफ्लेले भने–‘यो ठुलो रकमसँग जोडिएको घट्ना भएकाले प्रहरीसम्म आइपुगेको हो ।’ प्रहरी उनीहरुको साथ १५ लाख रुपैयाको नगद चेक समेत नियन्त्रणमा लिाएको जनाएको छ ।

घट्ना बारे थप अनुसन्धानका लागि प्रतिवादीहरुलाई अदालतबाट म्यादथप गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । प्रहरीका अनुसार झुटो दोस लगाउने नियतले डर त्रास देखाई अपराधिक लाभ लिएमा ३ बर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । प्रहरीले निवेदक पीडित पुरुषको नाम ठेगाना गोप्य राखेको छ ।

 

Blog Post Ad Blog Post Ad