Ad Area

घोराहीमा डेंगुबाट एक महिलाको मृत्यु


दाङ,२७ भदौ । दाङमा डेगुबाट एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको उपचारका क्रममा मृत्यु भएको हो ।

बिरामी भएपछि उपचारका लागी घोराहीस्थीत राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा भर्ना भएकी बिरामीको सोमबार बिहान मृत्यु भएको प्रतिष्ठानकी निर्देशक डा प्रज्ञा बस्नेतले जानकारी दिएकी छिन ।

घोराहीमा पछिल्लो सोमबारसम्मको तथ्यांक अनुसार ३ सय ६१ जनामा डेगुको संक्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ शाखा प्रमुख नारायण घर्तीले जानकारी दिएका छन् । उनका अनुसार शनिबार र आइतवार मात्रै घोराहीमा ७९ र ४८ जनामा संक्रमण देखिएको थियो ।

Blog Post Ad Blog Post Ad