Ad Area

दाङ क्षेत्र नंं. १ मा माओवादीबाट महरासहित ४ जनाको नाम सफारिस


देउखुरी, ३० भदौ । नेकपा माओवादी केन्द्रले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि पार्टीका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासहित ४ जनाको नाम सिफारिस गरेको छ । विहिवार बसेको बैठकले प्रतिनिधि सभाको लागि महरासहित नारायणी शर्मा प्रतीक्षा र लुमबहादुर कार्की ‘बद्री’ र होमप्रसाद शर्मालाई सिफारिस गरिएको छ ।

त्यस्तै दाङ क्षेत्र नम्बर १ (क) प्रदेशसभातर्फ इन्द्रजित थारु, लुमाकान्त न्यौपाने ‘सागर’ , बिरेन्द्र चौधरी र धर्मराज अधिकारि सिफारिस भएका छन । क्षेत्र नम्बर १ (ख) प्रदेश सभातर्फ दामा शर्मा, रामप्रसाद घिमिरे, बसन्तराज अधिकारी, बाबुराम चौधरी, कालुराम चौधरी, गंगा पाण्डे, भिमबहादुर वलीको नाम सिफारिस भएका छन् ।

Blog Post Ad Blog Post Ad