Ad Area

ठेकेदारले नटेरेपछि स्थानीय तहले पुर्दै चारलेनका खाडल


दाङ, ४ असोज । ठकेदारले सिन्को नभाचेपछि अन्ततः चारलेन सडक परीयोजना अन्तर्गत पारीएका खाडलहरु स्थानीय पालिकाले पुर्ने भएका छन् । नेपालीहरुको महान चाड विजया दशमी नजिकिएकै समयमा सडकको अवस्था वेहाल भएपछि स्थानीय पालिकाले आआफ्नो क्षेत्रका सडकमा परेका खाडलहरु पुर्ने प्रतिवद्धता जनाएका छन् ।

जिल्ला समन्वय समितिको यस अघि भएको बैठकमा निर्माण कम्पनीले पन्ध्र दिनभित्र खाडलहरुपुग्ने सहमती भएको भएपनि एउटा खाडल पनि नपुरीएकाले मंगलवार भएको अर्को सहजीकरण बैठकमा स्थानीय पालिकाहरु घोराही र तुलसीपुर उपमहानगरपालिका तयार भएका थिए ।

त्यसकालागी निर्माण कम्पनीले टिप्पर, जेसिवि, लोडर र ग्रेडर उपलव्ध गराउने सर्वदलियरसर्वपक्षिय सहमती भएको छ । असोज ६ गते चारलेन सडक निर्माण कम्पनीले ती यान्त्रिक उपकरणहरु संबन्धित पालिकालाइ उपलव्ध गराउने र संबन्धित पालिकाले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको समेत प्रत्यक्ष उपस्थीतिमा नदिजन्य पदार्थको व्यवस्थापन गरी खाडल पुर्ने सहमती भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा चारलेन सहजीकरण समितिका संयोजक नित्यानन्द शर्माको अध्यक्षतामा भएको बैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अव पनि ठेकेदारको विश्वास गरेर खाडल नपुरीने भन्दै आवस्यक उपकरण उपलव्ध गराए आफुहरुले ग्रावेल व्यवस्थापन गरेर आफुहरुकै प्रत्यक्ष निगरानीमा खाडल पुर्ने प्रस्ताव राखेका थिए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले पनि त्यसरीनै खाल्डा पुर्न तुलसीपुर उपमहानगरपालिका सहमत हुने बताएका थिए ।

घटस्थापनासम्म घोराही—तुलसीपुर चारलेन सडक अन्तर्गत सडकका सवै खाल्डाहरु पुरी सक्ने उपमहानगरपालिकाहरुले प्रतिवद्धता व्यक्त गरेपछि घटस्थापनाको भोलिपल्ट असोज १० गते सहजीकरण समितिको अर्को बैठक बस्ने छ । सो बैठकले यो अवधिको कार्य समिक्षा गर्ने तथा विजया दशमीको शुभकामना आदानप्रदान गर्ने पनि निर्णय भएको छ ।

बैठकमा प्रमुख घोराही र तुलसीपुर उपमहानगरपालिकाका प्रमुखद्धय नरुलाल चौधरी र टिकाराम खड्का, जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख वीरवहादुर वली, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी, परीयोजनाका कन्सल्टेन्ट इश्वर अमागाइ, निर्माण कम्पनीका शेखर शर्मा, यातायात व्यवसायी शिवराज पन्थी, दाङ उद्योग वाणिज्य संघका सचिव नरेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । सहजीकरण समितिको अर्को बैठक आउदो ११ गते विहान ८ बजे जिल्ला समन्वय समितिमा बस्ने पनि निर्णय भएको छ ।

Blog Post Ad

Blog Post Ad Blog Post Ad