Ad Area

शुभ लक्ष्मीको १७ औं साधारणसभा


दाङ,२९ असोज । घोराही उपमहानगरपालिका–६ गुरुवागाउमा रहेको शुभ लक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको सत्रौ बासिर्क साधारणसभा शनिबार समपन्न गरेको छ ।

सहकारीका अध्यक्ष श्रीधर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा न ६ का बिष्णुराम आचार्यले जिल्लामै राम्रो गरेको बताएका थिए । वडा अध्यक्ष आचार्यले सहकारीले सदस्यहरुको आर्थिक बिकास गरेको भन्दै सत्र बर्षमा प्रबेस गरेको सहकारीले सदस्यको जीवनमा परिवर्तन गरिदिएको बताए । कार्यक्रम जिल्ला सहकारीका गोबिन्दप्रसाद शर्माले शुभ लक्ष्मी सहकारीले राम्रो काम गरेको बताए । उनले सुसासन कायम गदै सस्थालाइ अगाडि अनुरोध गरे ।

जिल्ला बचत सहकारी संघका रामकृष्ण आचार्यले सहकारीहरु विभिन्न उदेश्यले खोलिने भन्दै सहकारीको सिद्धान्त अनुसार चुल्नुपर्ने बताए । सहकारी लहडले नभई अवश्यकताका आधारमा खोलिनुपर्ने उनको भनाइृ थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका डिल्लीराज दहालले गाउँका जनतालाई सेवा दिने नमूना सहकारी भएको बताए ।

त्यसैगरी कार्यक्रमका बक्ताहरुले सहकारीको विकाससंगै आर्थिक पारदर्शीताका लागि समय अनुकुल प्राविधिको बिकास गर्नुपर्नेमा जोड दिएका थिए । सचिवको प्रतिबेदन सचिव ध्रुबराज अधिकारी र कोषाध्यक्ष शरदकुमार आचार्य १२ करोड ७९ हजारको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सहकारीको कार्य क्षेत्र घोराही–६ र ७ नम्बर वडालाई समेटेको छ । १३ सय ५४ जना शेयर सदस्य रहेका छ्न । उपाध्यक्ष राधा पान्डेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन सचिव ध्रुबराज अधिकारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad