Ad Area

तरलता अभावपछि शेयर बजारमा गिरावट


बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) अभावको असर शेयर बजारमा देखिएको छ । सोमबार शेयर बजारमा एक सय अंक माथिको पहिरो गएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक घटेर २ हजार ७ सय तल झरेकाे छ ।

नेप्से परिसूचक ११४ दशमलव ०२ अंकले घटेर २ हजार ६ सय ९८ दशमलव २४ अंकमा झरेको छ । सोमबार कारोबार रकममा पनि उल्लास देखिएन । साढे ८ अर्ब रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ ।

कोरोना महामारीका बेला बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता रहेको थियो । अघिल्लो वर्ष यहीँ समयमा पनि कबिर २ सय अर्ब हाराहारीमा तरलता थियो । तर अहिले २० अर्ब रुपैयाँमात्रै तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।यो पनि पढ्नुहोसबैंकमा तरलता अभाव : बजेट होलिडेको त्रास, रेमिट्यान्सको आश

तरलता अभाव भए पछि बैंकहरुले निक्षेपको ब्याजदर समेत बढाएका छन् । सनराइज बैंकले मुद्दति निक्षेपमा १० प्रतिशत भन्दा माथि ब्याजदर दिने बताएको छ । अन्य बैंकहरुले पनि निक्षेपको ब्याजदर बढाएर सार्वजनिक गरेका छन् । बैंकहरुले आकर्षक ब्याजदर दिन थालेपछि त्यसको असर शेयर बजारसम्म आइपुगेको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले बताए ।

बजारमा निकै ठूलो चलखेल समेत भएको उनले बताएका छन् । अलि टाठा बाठाहरुले शेयर बेच्ने र पुनः किन्नका लागि बजार घटाउने खेलमा लाग्ने गरेका छन् । त्यो क्रम अहिले पनि बजारमा देखिएको उनी बताउँछन् ।

‘बजार ब्रोकर र ठूला बढाको हातमा छ, सस्तोमा बेच्न लगाएर बजार घटाउँछन् अनि किन्छन्’ उनी भन्छन्, ‘अहिले नबप्रवेशीहरु आत्तिएर पेनिक सेल पनि देखिएको छ, लगानीकर्ताहरु बाहिरिने क्रम बढी देखिदा त्यसको ठूलो असर पर्यो ।’

Blog Post Ad

अहिले बजारमा तरलता अभाव देखिएको कारण अब मुद्रास्फिति बढ्छ । तरलता बढ्दा ब्याजदर बढ्ने र यसले उद्योग धन्दालाई समेत नकरात्मक असर पर्ने भएकाले शेयर बजारमा पनि त्यसको प्रभाव देखिएको रौनियारको भनाई छ ।

यस्तो बेलामा जसल शेयर होल्ड गर्न सक्छ उसले नै जित्ने उनको भनाई छ । ‘बजार जति घटेपनि म बेच्दिन, घटेका बेला त बेच्नै हुँदैन’ उनले भने, ‘अब लाभांश आउने बेलदा भएको छ, बोनस आउँछ, नगद आउँछ त्यहीँ खाएर बस्ने हो ।’

यी हुन् धेरै गुमाउने कम्पनीहरु

सोमबार धेरै घट्नेमा फाइनान्स कम्पनीहरू देखिएका छन् । गुडबिल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोगेशिभ फाइनान्स लगायतका कम्पनीहरूके शेयर मूल्य १० प्रतिशतले घटेके छ । यसका अलवा जलविद्यतु्मा पनि जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य धेरै घटेको छ ।

यो कम्पनीको मूल्य १० प्रतिशतले गिरावट आएको हो । यसैगरी प्रोगेशिभ फाइनान्सको पनि मूल्य १० प्रतिशतले नै घटेको छ भने हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, माउन्टेन इनर्जी लगायतका कम्पनीको शेयर मूल्य पनि ठूलो अंकले घटेको छ ।

Blog Post Ad Blog Post Ad