Ad Area

नेकपा एसको घोषणापत्र सार्वजनिक, आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने संकल्प


दाङ, १४ कार्तिक । नेकपा (एकीकृत समाजवादी)ले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

आज सोमवार काठमाण्डौको आलोक नगरमा रहेको पार्टी केन्द्रीय कार्यालयमा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरूले सामूहिकरूपमा चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको छ । ‘लगातार बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी, युवाको विदेश पलायन, कृषिबाट सक्रिय जनशक्तिको पलायन, वार्षिक बजेटमा ऋणको निरन्तर वृद्धि, बजेटको पुँजीगत खर्च नहुने समस्या, महँगीको अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका स्रोत–साधनहरूमा दलाल पुँजीपतिहरूको नियन्त्रण, मिटरब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृतिहरू, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन् ।

कृषिको आधुनिकीकरण, स्वदेशी कच्चा पदार्थ आधारित उद्योग, ऊर्जालगायतका क्षेत्रमा उत्पादन एवम् व्यापार वृद्धि तथा पर्यटन, व्यवस्थापन र सूचना तथा प्रविधिलगायतका सेवा क्षेत्रको विकास एवम् विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो । यो कार्यभार वहन गर्नका निम्ति हामी दृढतापूर्व अगाडि बढ्न चाहन्छौँ’, घोषणापत्रमा भनिएको छ ।

राष्ट्रिय उत्पादनमा वृद्धि गरी निर्यातमा बढोत्तरी र आयातमा कटौती गरेर व्यापार घाटा कम गर्दै लानुपर्ने एकीकृत समाजवादी घोषणापत्रमा उल्लेख छ । एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी सार्वजनिक घोषणापत्र पहिलो हो । पहिलो घोषणापत्र सार्वजनिक गरेको एकीकृत समाजवादीले विदेशबाट फर्किएरका युवालाई १० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

यस्तै, सार्वजनिक गरिएको घोषणापत्रमा विदेशबाट फर्किएका युवालाई कृषि पेशामा आकर्षित गर्न उद्देश्यले १० लाखसम्म निर्ब्याजी ऋण दिने उल्लेख गरिएको छ । यसका लागि अभियान नै थाल्ने घोषणा गरिएको छ ।

Blog Post Ad

चुनाव घोषणा पत्रको पूर्णपाठ

Blog Post Ad Blog Post Ad