Ad Area

अग्नी पीडित व्यवसायीलाई उवासंघद्वारा ५ लाख बढी सहयोग


दाङ,२२ कार्तिक । आगलागी हुँदा पीडित भएका उद्योगी तथा व्यावसायीहरुलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ । संघले मंगलवार एक कार्यक्रमको आयोजना गरि पीडितहरुलाई ५ लाख २३ हजार ५ सय ६३ रुपैया सहयोग गरेको हो ।

आगोलागीवाट पीडित ३ जनालाई सहयोग गरिएको संघले जनाएको छ । संघले व्यावसायी सुरक्षीत कोषवाट ३ लाख र संघका कार्यसमिती तथा उद्योगी व्यावसायीवाट संकलित २ लाख २५ हजार ५ सय ६३ रुपैया गरेर ५ लाख २३ हजार ५ सय ६३ रुपैया सहयोग गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिएका छन् ।

प्रत्येक व्यक्ति १ लाख ७४ हजार ५ सय २१ रुपैयाका दरले ३ जनालाई सहयोग गरिएको वुढाथोकीको भनाइ रहेको छ । संघले पिडामा रहेकालाइ मलक लगाउने काम गरेको अध्यक्ष वुढाथोकीले बताए । पीडितलाइ राहातका लागि अन्य निकायमा समेत प्रयास जारी राखेको उनको भनाइ रहेको छ । अहिले संघ र संघका कार्यसमिति तथा अन्य उद्योगी एवम व्यवसायीहरुवाट प्राप्त भएको सहयोग प्रदान गरिए उनले बताए । सहयोग गर्न इच्छुक उद्योगी व्यावसायी तथा सहयोगी दाताहरुले सहयोग गर्न सकिने संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

उद्योगी तथा व्यावसायीहरुलाइ विपद् परेको समयमा सहयोग प्रदान गर्नका लागि सघले व्यवसायीक सुरक्षा कोष स्थापना गरेको संघका कोषाध्यक्ष सुशील पोख्रेलले जानकारी दिए । उक्त कोषवाट उद्योगी तथा व्यावसायीहरुलाई समस्या पर्दा सहयोग गर्ने गरिएको उनको भनाइ रहेको छ ।
सरकारले व्यावसायीहरुलाइ समस्या पर्दा सहयोग गर्नु पर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले बताए । राज्यलाई कर तिर्ने व्यावसायीलाई राज्यले पनि समहयोग गर्नु पर्ने उनको भनाइ रहेको छ । पीडितका वुवा श्रीभगवान ठाकुरले सबैले अप्ठेयारोमा परेकालाई सहयोग गर्नु पर्ने बताए । सबैले आफनो क्षमता अनुसार सहयोग गर्न सक्ने उनको भनाइ रहेको छ ।

‘हामी सबैले आफनो क्षमता अनुसार सहयोग गर्न आवश्यक छ’ ठाकुरले भने । उद्योग वाणिज्य संघले सहयोग गरेर पिडामा मलक लगाउने काम गरेको बताए । यही कार्तिक ७ गते आगलागी वाट घोराही उपमहानगरपालिका–१५ उमेश मार्गमा रहेका चार वटा फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad