Ad Area

डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना, एक घाइते


दिपायल,१ मंसिर । डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना हुँदा निर्वाचन अधिकृत घाइते भएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका–५ अत्तरकाँडामा बा २ झ २२३५ नम्बरको जिप आज दुर्घटना भएको हो ।

बिहीबार भएको सो दुर्घटनामा मतदान अधिकृत दिनेश रैखोला घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमालाले जानकारी दिएका छन् । बडीकेदार गाउँपालिका–५ मार्कोटमा रहेको मतदान केन्द्रका लागि निर्वाचन सामग्री र कर्मचारी बोकेर सिलगढीबाट हिँडेको जिप दुर्घटना भएको थियो ।

जिपको ब्रेकफेल भएर दुर्घटना भएको बताइएको छ । जिपमा कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार रहनुभएको थियो । जिपमा रहेको निर्वाचन सामग्री सुरक्षित रहेको प्रहरीले जनाएको छ । निर्वाचन सामग्री र कर्मचारीलाई अर्को गाडीमा गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad