Ad Area

दाङ क्षेत्र नं. २ मा अग्रता बढाउँदै रेखा शर्मा


घोराही, ६ मंसिर ।
दाङका क्षेत्र नं. २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता बढाएकी छिन् । मत गणना सुरु भएदेखि नै अग्रता कायम गरेकी शर्माले १८ हजार ३ सय ८० मत गणना हुँदा १५७४ मतले लिड गरेकी छिन् । प्रारम्भीक मत सार्वजनिक हुँदा ६ मतले अग्रता कायम गरेकी शर्माले पछिल्लो समय १ हजार ५७४ मतले अग्रता बढाएकी हुन् ।

सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेकी शर्माले ७ हजार ५ सय १३ मत प्राप्त गर्दा मुख्य प्रतिस्पर्धी नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् । क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले ३ हजार ३ मत प्राप्त गरेर तेश्रो स्थानमा रहेका छन् । क्षेत्र नं. २ मा ७९ हजार ४ सय ३७ मत खसेको थियो ।