Ad Area

बिजयी प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाणपत्र प्रदान


घोराही, १० मंसिर । दाङ प्रतिनिधिसभा क्षेत्र न २ बाट नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले
प्रमाणपत्र प्रदान गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान एक कार्यक्रमको आयोजना गरेर दाङ क्षेत्र न २ बाट प्रतिनिधिसभा सदस्यमा बिजयी रेखा शर्मा, क्षेत्र न २ (क) बाट प्रदेशसभा सदस्यमा बिजयी राजु खनाल र क्षेत्र न २ (ख) बाट प्रदेशसभा सदस्यमा बिजयी प्रचण्डबिक्रम न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले प्रमाणपत्र हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा बोल्दै बिजयी उम्मेदवारले दाङको बिकास र समृद्धिका लागि इमानदारीपूर्वक निष्ठाबान रुपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसका लागि आफुहरुले सबैसग सल्लाह र समन्वय गरेर अघि बढने बताएका थिए । साथै जनताको मतले आफुहरुलाई बिजयी मात्रै नबनाएर गहन जिम्मेवारी दिएको भन्दै जनताले दिएको जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने बताएका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यमा बिजयी रेखा शर्मा, क्षेत्र न २ (क) बाट प्रदेशसभा सदस्यमा बिजयी राजु खनाल र क्षेत्र न २(ख) बाट प्रदेशसभा सदस्यमा बिजयी प्रचण्डबिक्रम न्यौपाने, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीलगायतले बिजयी उम्मेदवारहरुलाई बधाई एवं सुभकामना दिदै दाङको बिकासका लागि नेतृत्वदायी भूमिकाको पहल गर्न आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण सहायक निर्वाचन अधिकृत हिरण्य भण्डारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad