Ad Area

बागमतीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ


हेटौंडा,११कार्तिक । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

मुख्यमन्त्री पाण्डेयसँगै कृष्णप्रसाद खनालले आन्तरिक मामिला, कृष्णलाल भँडेलले भौतिक पूर्वाधार र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रीको सपथ लिएका छन् । उनीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् ।

पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १ र १ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका छन् ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad