Ad Area

नेपालगंजमा हाप्किडोको जिल्लास्तरिय कार्यशाला गोष्ठी


बाँके,२३ मंसिर । नेपालगन्जमा बिहीवार जिल्ला स्तरिय हाप्किडो कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल मार्शलआर्ट हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालि बहादुर घर्तिमगरको प्रमुख आतिथ्यतामा बिहीवार नेपालगन्जमा जिल्ला स्तरिय हाप्किडो कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

नेपाल मार्शलआर्ट हाप्किडो संघ जिल्ला कार्यसमिति बाँकेको आयोजनामा भएको कार्यशाला गोष्ठी तथा नेतृत्वदायी विकास कार्यक्रममा जिल्लाका खेलाडीले विभिन्न खाले कला प्रदर्शन गरेका थिए । हाप्किडो संघले खेललाई मात्र नभई शिक्षा, रोजगार तथा कलात्मक क्षमता आदनप्रदान गर्ने गरेको संघका केन्द्रिय अध्यक्ष एवं प्रशिक्षक कालिबहादुर घर्तिमगरले बताए । खेल स्वास्थ्यको लागि भएको हुनाले जुनसुकै खेल खेल्न अति आवश्यक रहेको उनले जानकारी गराए ।

आत्मरक्षाका लागि खेल खेल्न आवश्यक छ केन्द्रिय अध्यक्ष घर्तिमगरले भने । प्रत्येक आम नागरिकमा हाप्किडोको बारे जनचेतना जगाउन अति जरुरी रहेको छ । हाप्किडो खेलले समाज रुपान्तरका लागि पहल गर्दै आएको केन्द्रिय अध्यक्ष घर्तिमगरले जानकारी गराए । गुरु सहि भए मात्र चेला सहि लक्ष्य तिर लम्कने उनले जानकारी गराए । राम्रो खेलाडी उत्पादन गर्न दक्ष प्रशिक्षकको खाँचो हुन्छ तसर्थ हाप्किडो खेलका हरेक प्रशिक्षक दक्ष र क्षमतावान भएका छन् घर्तिमगरले भने ।

खेल कसरी खेलिन्छ, खेल के को लागि, किन र कसरी खेल खेल्न जरुरी छ भन्ने विषयमा केन्द्रिय अध्यक्ष घर्तिमगरले जानकारी दिए । नेपालमा ७ वटा प्रदेशमा संघ छ जसमा अधिराज्यभर ६० जिल्लामा ७५ हजार खेलाडी आवद्ध रहेका छन् ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad