Ad Area

कलशको एघारौं साधारणसभाः दैनिक नियमित बचत गर्न कलश स्मार्ट दिगो बचत कार्यक्रम सुरु


दाङ,२४ मंसिर । कलश बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा आज शनिवार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता तथा घोराही उप महानगरपालिकाका उपमेयर हुमा कुमारी डिसीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै उप मेयर डिसीले सहकारीले बचत गर्ने बानीको विकास गरेको भन्दै जिवन स्तर सुधारका लागि सहकारी अभियानमा लाग्न आग्रह गर्नुभयो । जिल्लामा कलश उत्कृष्ट सहकारीका रुपमा स्थापित भएको भन्दै उहाँले सेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम ल्याएकोमा खुसी व्यक्त गर्नुभयो ।

संस्थाका उपाध्यक्ष नविन कुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष शर्माले बार्षिक प्रगति तथा आगामी कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले हरेक दिनको शुरुवात बचतबाटै भन्ने नाराका साथ कलश स्मार्ट दिगो बचत कार्यक्रम सञ्चालनमा आउन थालेको बताउनुभयो । आर्थिक मन्दिका समयमा पनि कलश सहकारीले सदस्यहरुलाई आवश्यकता अनुसारको ऋण प्रवाह गरेको भन्दै उहाँले समान व्याजदरमा अन्य बैंक वा बित्तिय संस्थामा भन्दा कलशबाट ऋण लिंदा बार्षिक २ दशमलव ५ प्रतिशत बढि व्याज कम पर्ने जानकारी दिनुभयो ।

यस्तै कोषाध्यक्ष नवराज भण्डारीले आ।व।२०७८÷०७९ मा १४ करोड १८ लाख ५८ हजार ८ सय ४९ रुपैया २६ पैसा वरावरको सम्पत्ती सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने लेखा सुपरिवेक्षण समितिका संयोजक गेहेन्द्र वस्नेतले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट बचत कारोवार गर्ने शान्ता घिमिरे,उत्कृष्ट ऋण कारोबार गर्ने ज्ञानेन्द्र अधिकारी,सदस्यता वृद्धि गर्न उल्लेखनिय भूमिका निर्वाह गर्ने शिवा कुमारी जिसी,बाल बचतकर्ता श्रीईसा भुसाल,युवा बैज्ञानिक कृतन भण्डारी,संरक्षित पुँजि फिर्ता कोषको रकम सवै भन्दा धेरै प्राप्त गर्ने माधव खनाल,पवित्रा आचार्य,सचेत कुमार शर्मा,मंगला राणा,माधवा घिमिरे,दिनेश गौतम,धु्र्रबराज पौडेल,रुपलाल चौधरी,हेमराज शर्मा र खिमा बुढाथोकीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ दाङका सचिव विमल कुमार अधिकारी,सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रतिनिधि देवा सुवेदी,राष्ट्रिय सहकारी बैंक घोराही शाखा प्रमुख डिल्लीराज दाहाल,नेफ्स्कुनका फिल्ड प्रमुख विष्णु जोशी,नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम,प्रेस सल्लाहकार हेमराज शर्मा,सेयर सदस्य शिवा कुमारी जिसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव बिमल योगीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन संचालक श्रीकान्त अधिकारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad