Ad Area

बिज्ञान लेखन तालिम सम्पन्न


घोराही, २८ मंंसिर । दाङको घोराहीमा विज्ञान लेखन तालिम सम्पन्न भएको छ । नेपाल बिज्ञान तथा प्राविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को आयोजनामा पत्रकारहरुका लागि बिज्ञान लेखन तालिमको आयोजना गरिएको थियो ।

यही मंसिर २६ गते बाट सुरु भएको तालिममा जिल्लाका पत्रकारहरुको सहभागिता थियो । तालिममा बिज्ञान तथा प्रबिधि, खोज तथ्यका बिषयमा छलफल गरिएको थियो । तालिमको प्रशिक्षकमा बरिपष्ठ पत्रकार केदार शर्मा र छत्र कार्की हुनुहुन्थ्यो ।

नेपाल बिज्ञान तथा प्राविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का उपकुलपती डां सुनिलबावु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम समापन गरिएको हो ।

Blog Post Ad Blog Post Ad