Ad Area

दाङ महिला जेसीजद्वारा ज्येष्ठ नागरिकलाई सहयोग


दाङ,५ पुस । दाङ महिला जेसीजले स्थापना दिवसका अवसरमा जेष्ठ नागरिकहरुलाई खाद्यान्न तथा सरसफाई सामग्री सहयोग गरेको छ । मंगलवार ज्येष्ठ नागरिक सरोकार केन्द्र घोराही उपमहानगरपालिका वडा नं. १६ द्वारा संचालित द्रोपताकुमारी लोहनी लक्ष्मीनारायण बृद्वाआश्रममा बसोबास गर्ने १८ जना जेष्ठ नागरिकलाई खाद्यान्न तथा सरसफाई सामग्री सहयोग गरेको हो ।दाङ महिला जेसीज–२०२२ का अध्यक्ष शारदा घर्तीलगायतका अतिथिले ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीलाई खाद्यान्न तथा सरसफाईका सामग्री हस्तान्तरण गरेका थिए ।

दाङ महिला जेसीजका अध्यक्ष शरदा घर्तीमगरको अध्यक्ष तथा जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीको प्रमुख आतिथ्यता तथा दाङ महिला जेसीजका सस्थापक अध्यक्ष निर्मला गौतम एवं नागरिक समाज दाङका निवर्तमान जिल्ला संयोजक चन्द्रराज पन्तको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले मानवीय सेवाका लागि निरन्तर सहयोग गर्दै आएको दाङ जेसीजले ज्येष्ठ नागरिकलाई गरेको सहयोग महत्वपूर्ण भएको बताए थिए । साथै उनीहरुले विभिन्न समयमा दाङ महिला जेसीजले सहयोगका कार्यक्रमहरु गर्दै आएको भन्दै मानवीय सेवाको कार्यलाई आगामी दिनहरुमा समेत निरन्तरता दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा दाङ महिला जेसीजका सस्थापक अध्यक्ष निर्मला गौतम, नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्त, दाङ महिला जेसीजका पूर्वहरु अध्यक्षहरु बिन्दु गिरी, जीवा भुसाल, जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष भोलानाथ योगीलगायतले जेष्ठलाई बृद्धाआश्रममा बसोवास गर्ने ज्येष्ठ नागरिकलाई सहयोग गर्ने कार्य राम्रो भएको भन्दै प्रशंसा व्यक्त गरेका थिए ।

दाङ महिला जेसीजका आकृति शर्माको आस्था पाठबाट सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक रेमन्ता पुनले गरेकी थिइन । कार्यक्रममा धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण दाङ महिला जेसीजका महासचिव नारायणी भण्डारीले गरेकी थिइन । दाङ महिला जेसीज सन २००८ साल पुसको ५ गते स्थापना भएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad