Ad Area

बैंकको चर्काे व्याजको बिरोधमा व्यावसायिहरु सडकमा


दाङ, १३ पुस । कात्तिक १ गतेदेखि लागू हुने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा मार्गनिर्देशन प्रति निजी क्षेत्रका व्यवसायीहरु आन्दोलित छन् । राष्ट्र बैंकले निर्देशिका बनाउँदै गर्दा उक्त निर्देशिकाप्रति असहमति जनाउँदै व्यवासायीहरु आन्दोलित भएका थिए ।

अहिले आन्दोलित व्यावसायिहरु सडकमा पुगेका छन् । नयाँ निर्देर्शिकाले व्यवासाय धरासायी बनाउने गरी व्याजदर बृद्धि गरेको व्यावसायिहरुको ठहर छ । पहिले ८÷९ प्रतिशत रहेको व्याजदर बृद्धि गरेर १६÷१७ प्रतिशत पु¥याएको भन्दै उनिहरुले आपत्ति जनाएका छन् । यो व्याजदर नघटाए कठीन आन्दोलन गर्ने नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले बताए ।

उनले व्याजदर बृद्धिले उद्योगी व्यवसायी उद्योग बन्द गर्ने अवस्थामा पुगेको, व्याजदर तिर्न नसक्दा आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै सरकारलाई व्याजदर बृद्धि फिर्ता गर्न माग गरे ।

बुधबार उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना र दाङ जिल्ला उद्योग वाणिज्य संघको समन्वयनमा दाङको घोराहीमा सडक प्रदर्शन समेत भएको छ । विहान ९ बजे ढुवानी व्यवसायीले घोराही बजारमा गाडी प्रर्दशन गरेका थिए । दिउँसो १ बजे प्रदेशभरका उद्योगी व्यावसायि सहभागी भएर घोराही बजारमा व्याजदर बृद्धिको विरोध गर्दै ¥यालि निकालिएको थियो ।

¥यालि निकाल्दै व्यावसायिहरुलाई धरापमा पार्ने गरी व्याजदर बृद्धि गरेको भन्दै राष्ट्र बैंकका गभर्नरको राजिनामा मागिएको छ । अर्थतन्त्र धरापमा पर्दासमेत थाहाँ नपाउने गभर्नर राजिनामा दे, चालू पूँजी निर्देशिका स्थगित गर, व्याजदर बढी भयो, व्याजदर एकल अंकमा कायम गर, सम्झौता अनुसारकै व्याजदर लागू गर, उद्योग व्यापार नबचे अर्थतन्त्र बच्दैन भन्दै व्यापारीहरुले कालोपट्टी बाँधेर नारा लगाएका थिए ।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले बुधबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघलाई जिल्ला प्रशान कार्यालय दाङ मार्फत ज्ञापन पत्र पनि बुझाएको छ । कोरोनाले धरासायी बनेको व्यवासायलाई राज्यले व्याजदर बृद्धि गरेर थप पीडा थपेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शर्माले बताए ।

उनले विकास पँुजी कम खर्च हुनु, आर्थिक मन्दिका कारण शेयर बजार घट्नु, हिजोको दिनमा सन्तोष जनक रुपमा चलेका मझौला तथा ठुला उद्योग क्षमताको २०प्रतिशतमा मात्र चल्नु , बजारमा खरिद विक्रीमा कमी आएकोसँगै भन्सार आन्तरिक राजश्व जस्तो राजश्व उठाउने निकायले लक्ष्यको ५०–६०प्रतिशत मात्र राजश्व उठाउन सकेकाले बजारमा पूँजीको तरलता आएको दाबी गरे ।