Ad Area

सुधार गृहबाट भागेका चार बालक अझै बेपत्ता


बाँके, १५ पुस ।  डुडुवा गाउँपालिका ६ स्थित जयेन्दु बाल सुधार गृहबाट भागेका चारजना बालक अझै फेला परेका छैनन्। अपराधमा मुछिएका बालकलाई उक्त बाल सुधार गृहमा राखिएको थियो।

जबरजस्ती करणीका तीन र कर्तब्य ज्यान मुद्दाका एक गरी चारजना बिहीबार बेलुका सुधार गृहबाट भागेको बाँके प्रहरीले जनाएको छ। बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए। ‘खोजी कार्य जारी छ, तर अहिलेसम्म फेला पार्न सकिएको छैन,’ उनले भने।

बन्दी गृहमा रहेका बालक फरार भएपछि त्यसको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। समितिमा अनुसन्धान विभाग, नेपाल प्रहरी र कारागारका प्रतिनिधि छन्।

साभारःनया पत्रिका

Blog Post Ad Blog Post Ad