Ad Area

प्याब्सन दाङले आयोजनामा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता


दाङ, १५ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा भएको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको छ । प्रतियोगितामा मावि तहका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा गुरुकुल एकेडेमीका शुभम पोख्रेल, सुप्रिया थापा र सुलभ अनाल प्रथम भएका हुन् । जनज्योति विद्यामन्दिरका पस्तुती गौतम, प्रतीक जिसी र सुगम रेग्मी द्वितीय भएका हुन् । ज्ञानज्योति एजुकेसन एकेडेमीका आशिष केसी, आशिका गिरी र अनुराज बिक तृतीय भएका हुन् ।

कार्यक्रममा ३८ वटा विद्यालय सहभागी भएका थिए । कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणमा सहभागी विद्यालयहरुलाई चार समूहमा विभाजन गरिएको थियो । पहिलो चरणमका प्रत्येक समूहबाट प्रथम र द्वितीय गरी आठ विद्यालयका सहभागी अन्तिम चरणमा सहभागी भएका थिए । अन्तिम चरणमा ज्ञानज्योति एजुकेसनल एकेडेमी, जनज्योति विद्यामन्दिर, बात्सायन मावि, अमर इङ्लिस सेकेन्डरी स्कुल, भ्याली टप इङ्लिस बोर्डिङ स्कुल, गुरुकुल एकेडेमी, लिटिल भ्याली बालबाटिका र अन्नपूर्ण मावि सहभागी भएका थिए ।

पहिलो चरणमा क्विज मास्टरका रुपमा पदम गिरी, राजेन्द्र चन्द, कोमल आचार्य र एकराज यादव रहेका थिए भने अन्तिम चरणको क्विज मास्टरका रुपमा पदम गिरीले भूमिका निभाएका थिए ।

कार्यक्रमको उद्घाटन प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको अध्यक्षता तथा प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि गिरीले प्याब्सनले विगतदेखि विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै आएको र हाजिरी जवाफ कार्यक्रमलाई बौद्धिक क्षमतासँग जोड्दै ल्याउने कार्यक्रम भएकाले यस्ता कार्यक्रमको अपरिहार्यता रहेको बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा प्याब्सन दाङका सल्लाहकार जीवनकुमार आचार्यले विद्यालय, अभिभावक र विद्यार्थी जोड्दै लिएको प्याब्सनले आफ्ना गतिविधिलाई शिक्षा सँगसँगै सामाजिक कार्यमा पनि जोडिन आवश्यक रहेको औंल्याए ।

कार्यक्रमका अर्का अतिथि घोराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्दले कार्यक्रमको सफलताको कामना गर्दै प्याब्सनले अतिरिक्त क्रियाकलापलाई निरन्तर रुपमा रुपमा अगाडि बढाउन आग्रह गरेका थिए ।

Blog Post Ad

प्याब्सन दाङका उपाध्यक्ष चक्रबहादुर रावतको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए । प्याब्सन दाङले ३२ औँ स्थापना दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । त्यस्तै भोलि १६ गते शनिवार प्याब्सन दाङले मेधावी छात्रा प्रतियोगिता गर्न थालेको छ । प्याब्सन दाङले यही पुस २२, २३ र २४ गते स्थापना दिवस मनाउने भएको छ ।

Blog Post Ad Blog Post Ad