Ad Area

बालविकास माविको विव्यस अध्यक्षमा दिलकुमारी बुढा


घोराही, ६ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बजारस्थित बालविकास माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिलकुमारी बुढा सर्वसम्मत चयन हुनुभएको छ ।

बालविकास माविको विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनार्थ वडा नम्बर १४ का वडा अध्यक्ष भानसिंह बुढाको अध्यक्षता तथा निवर्तमान अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यमा शुक्रबार बसेको बैठकले आगामी कार्यकालका लागि बुढालाई विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन गरेको हो ।

बैठकले नयाँ नेतृत्व चयन गर्न विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्यका रुपमा दिलकुमारी बुढाको संयोजकत्वमा मस्यौदा समिति गठन गरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने प्रस्तावलाई पारित गर्दै बुढालाई नै अध्यक्ष बनाउने निर्णय सर्वसम्मत रुपमा पारित गरेको हो । जसको सदस्यमा वडा नम्बर १४ का अध्यक्ष भानसिंह बुढा, चुर्णबहादुर पुन, श्यामकुमार बिक, अमृता भारती, कुसुमा पुन, राजेन्द्र घर्ती मगर र पदेन सदस्यमा प्रधानाध्यापक श्रीधर पोख्रेल चयन हुनुभएको छ ।

बैठकमा निर्वाचन मण्डल संयोजक रामप्रसाद पौडेल, पद्मोदय मावि भरतपुरका प्रधानाध्यापक रामप्रसाद जैसी, शिक्षाप्रेमी टेकबहादुर बुढाथोकी, लिलाबहादुर पुन, शिक्षक अभिभावक संघका अध्यक्ष सुरस बुढा तथा अभिभावकलगायत २५ जनाको उपस्थिती रहेको थियो ।

यसअघि विद्यालय व्यवस्थापन समिति गठन गर्न बसेको बैठकले सहमति जुटाउन प्रयास भएपनि हुन सकेको थिएन । निकै लामो प्रयासपछि शुक्रबार बसेको सर्वद लीय सर्वपक्षीय बैठकले सहमति जुटाउँदै विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयन गरेको हो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad