Ad Area

घोराहीमा नाप तौल शिविर सुरु


दाङ, १० माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा नाप तौलसम्बन्धी शिविर सुरु भएको छ । शिविरमा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय नेपालगञ्जको सेवा जिल्लामा दिन थालिएको हो ।

शिविर सोमवारदेखि घोराहीमा सुरु भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । शिविरमा उद्योगी तथा व्यावसायीले आप्mना नाप तौलका सामग्रीको चेकजाँच, नवीकरण, नयाँ दर्ता गराउन सक्ने भएका छन् । उद्योगी तथा व्यवसायीको सहजताको लागि आयोजना गरिएको शिविरको लाभ लिन समेत अध्यक्ष बुढाथोकीले आग्रह गरेका छन् । ‘नाप तौलका सामग्री परीक्षण तथा नवीकरण गराउनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ ।

शिविरमा सेवा पाउने भएकाले अवसर लाभ लिनुहोस्’, उनले भने । उद्योगी तथा व्यवसायीहरूलाई नाप तौल कार्यालयसँग समन्वय गरेर शिविर सञ्चालन गर्न लागिएको संघका महासचिव महेन्द्र बुढाथोकीले बताए । सोमवारबाट सुरु भएको शिविरमा उद्योगी तथा व्यवसायीहरूले आप्mना नाप तौलका सामग्री चेकजाँच तथा नवीकरण गराउन पाएपछि आफूहरूलाई सहज भएको बताएका थिए ।

नाप तौलका सामग्री चेकजाँचका लागि विभिन्न स्थानबाट उद्योगी तथा व्यवसायी आ–आप्mना सामग्री लिएर उद्योग वाणिज्य संघमा आइपुगेका थिए । जिल्लामा नाप तौलको कार्यालय नहँुदा उद्योगी तथा व्यवसायीलाई नेपालगञ्जसम्म जानुपर्ने बाध्यता रहेको छ ।

उद्योगी तथा व्यवसायीको सहजताका लागि उद्योग वाणिज्य संघले नाप तौल कार्यालयसँग समन्वय गरेर शिविर सञ्चालन गदै आएको छ । यस प्रकारको समस्या समाधान गर्न पटक–पटक आग्रह गरिए पनि समस्याको समाधान हुन सकेको छैन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad