Ad Area

घोराहीमा मेधावी कन्सर्नको उट्घाटन, अध्ययन केन्द्र बनाइने


घोराही, १२ माघ । घोराहीमा पुस्तकहरु विक्री वितरण गर्ने गरी बिहिवारदेखि मेधावी कन्र्सन सञ्चालनमा आएको छ ।

पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चानलमा आएको मेधावी कन्र्सनको उट्घाटन बरिष्ठ साहित्यकार उत्तमकृष्ण मज्गैया र सर्वाेदयालय पुस्तकालयका अध्यक्ष सुशिल गौतमले गर्नुभएको हो । वरिष्ठ साहित्यकार मज्गैयाले पुस्तकहरु विक्री विरतणले पठन संस्कृतिको विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले पुस्तक विक्री वितरणसँगै अध्ययन गर्ने थलोका रुपमा विकास गर्न आग्रह समेत गर्नुभयो ।

सर्वाेदालय पुस्तकालयका अध्यक्ष सुशिल गौतमले पनि पुस्तक व्यवसायसँगै पठन संस्कृतिको बिकासमा टेवा पुग्ने गरी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । मेधवी कन्र्सनका सञ्चालक एवं विएन पुस्तकका प्रकाशक सुर्य विसीले अध्ययन केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको बताउनुभयो ।

‘यसलाई बुक स्टोरका रुपमामात्र भएर पठन संस्कृतिको प्रवद्धन गर्ने सोचले सञ्चालन ल्याएको हौं’– उहाँले भन्नुभयो– ‘पुस्तकबारे अध्ययन, छलफल र विर्मश गर्ने केन्द्रका रुपमा विकास गर्न खोजेका छौं ।’ उहाँले राजनीतिक, साहित्यिक, धार्मिक, इतिहास लगायतका सबैखाले पुस्तकहरु सहजै उपलब्ध हुने बताउनुभयो ।

विएन पुस्तकका प्रकाशक समेत रहेका विसीले जिल्लामा भएका स्थानीय लेखकहरुको पुस्तक प्रकाशनमा सघाउँने गरी समेत बताउँनुभयो ।

Blog Post Ad

सुर्य बिसीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती साहित्य परिषदका केन्द्र्रीय अध्यक्ष टीकाराम उदासी, निर्वतमान अध्यक्ष पुरुषोत्तम खनाल, प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतले मन्तव्य शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा पत्रकार, साहित्यकार लगायतको उपस्थिती रहेको थियो ।

Blog Post Ad Blog Post Ad