Ad Area

बंगलाचुलीको विकट बस्ती हाँसीपुरमा स्वास्थ शिविर


दाङ,१४ माघ । दाङ विकट क्षेत्रका रुपमा रहेको बगलाचुली गाउँपालिका–८ हासीपुरमा निशुल्क महिलाहरुका लागि प्रजनन स्वास्थ शिविर गरिएको छ । निशुल्क प्रजनन स्वास्थ शिविरमा १६ वर्षीय किशोरी आमादेखि ५५ वर्षका महिलाहरुले प्रजनन स्वास्थ सेवा लिएका थिए ।

शिविरमा एक सय बढी महिलालाई प्रजनन स्वास्थ चेकचाँज, परामर्शसंँगै औसधि वितरण वितरण गरिएको नेपाल परिवार नियोजन दाङ शाखाका प्रबन्धक बसन्त खनालले जानकारी दिएका छन् । उहाँका अनुसार स्वास्थ्य शिविरमा चेकजाँचका लागि आएका अधिकांस महिलाहरुमा व्यक्तिगत स्वास्थ्यको कमीसँगै चेकजाच नगराउँदा यौनाङ्गमा संक्रमण देखिएको बताए । शिविरमा स्वास्थ्य चेकजाँचसँगै यौनाङ्गमा संक्रमण देखिएका महिलाहरुलाई व्यक्तिगत सरसफाईमा ध्यानदिनसँगै समय–समयमा स्वास्थ्य परिक्षण गराउन समेत सल्लाह दिइएको खनालले बताए ।

शिविरका क्रममा ७६ जना महिलाहरुको पाठेघरको मुखमा क्यान्सर भएन नभएको बारेमा चेक, ३ जना महिलाहरुलाई परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट राखेका थिए भने एक महिलाको पाटेघरको मुखमा रिङ राखिएको प्रवन्धक खनालले जानकारी दिएका छन् । शिविरमा ३६ जना महिलाहरुको साधारण स्वास्थ्य चेकजाँच गरिएको थियो । शिविरमा नेपाल परिवार नियोजन दाङ शाखामा कार्यरत फेम्ली फिजिसियन अमित लामगाडे, सिनियर स्टाफ नर्स प्रभा केसी, सन्जु भण्डारी, चिनी श्रेष्ठ, स्टाफ नर्स भरोश ागिरी र रुपा बुढाले स्वास्थ्य सेवा दिएका थिए ।

लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष पवन योगीको अध्यक्षता तथा नेपाल परिवार नियोजन दाङ शाखा सचिव माया पोख्रेलले प्रमुख आतिथ्यतामा भएको शिविरको उदघाटनसत्रको कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको विकट क्षेत्रका रुपमा रहेको हाँसीपुरमा गरिएको स्वास्थ शिविरले महिलाहरुलाई महत्वपूर्ण स्वास्थ सेवा प्रदान गरेको बताएका थिए । रोक लुकाएर बस्दा शरिरमा समस्यासँगै ज्यान समेत जान सक्ने खतरा रहेकाले स्वयम महिलासँगै सरोकारवाला निकायले पनि ध्यानदिनुपर्नेमा जोड दिएका थिए ।

Blog Post Ad

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल परिवार नियोजन दाङ शाखा सचिव पोख्रेलले आफ्नो स्वास्थका लागि महिलाहरु सचेत हुनुपर्ने बताइन । ग्रामीण क्षेत्रमा चेतनास्तरसंगै लाजका कारण महिलाहरु प्रजनन स्वास्थका बारेमा बोल्न नसक्दा रोग लुकाएर बस्ने गरेको भन्दै पोख्रेलले आफ्नो स्वास्थका लागि महिलाहरु समस्या राख्न सक्ने हुनुपर्ने बताइन ।

निशुल्क प्रजनन स्वास्थ शिविरले विकट क्षेत्रका रुपमा रहेका हासिपुरका महिलाहरुलाई ठुलो सेवा दिएको हासीपुर स्वास्थ चौकी हासीपुरकी इन्चार्ज देवीकला बुढाले बताइन । कार्यक्रम संयोजक लायन चेतन बस्नेतको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ घोराही सिटीका सचिव रविकिरण केसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad