Ad Area

हावाहुरीले मञ्च भत्काएपछि लुम्बिनीका मन्त्रीको शपथ अवरुद्ध


दाङ,२९ माघ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ समारोह अवरुद्ध भएको छ । आइतबार दिउँसो १ बजेका लागि तय भएको शपथ समारोह हावाहुरीले मञ्चको छाना उडाएपछि अझैसम्म सुरु हुन सकेन ।

दाङ देउखुरीको राप्ती गाउँपालिकास्थीत मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च बनाइएको थियो । तर हावाहुरीले छाना उडाएपछि नवनियुक्त मन्त्रीहरुले शपथ खाने कार्यक्रममा ढिलाई भएको छ । शपथ ग्रहणका लागि अर्काे स्थानमा मञ्च निर्माण गरिएको छ ।