Ad Area

एमालेभित्र चर्कियो जबजको बहस


काठमाडौं,४ असोज । नेकपा एमालेमा फेरि एकपटक जनताको बहुदलीय जनवाद ९जबज० बारे बहस सुरु भएको छ । पार्टीको प्रथम विधान महाधिवेशनको तयारीका लागि बसेको स्थायी समितिको बैठकमा उपमहासचिव घनश्याम भुसालले जबजबारे थप छलफल गर्दै यसको व्याख्या गर्नुपर्ने माग राखेपछि यो बहस पुनः चर्किएको हो ।

विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको कार्यक्रमिक तथा सङ्गठनात्मक प्रस्तावमाथि भुसालले बुँदागत टिप्पणी प्रस्तुत गर्दै जबजले उल्लेख गरेभन्दा धेरै विषय पार्टीले अभ्यास गरिसकेको बताउँदै अब पनि जबजले कार्यक्रमका रूपमा पार्टीलाई मार्गदर्शन गर्छ भन्नु अतिशयोक्ति हुने बताएका छन् । ‘मदन भण्डारीले नयाँ जनवादी कार्यक्रममा १४ वटा विशेषता थपेको हुँदा त्यसलाई जनताको बहुदलीय जनवादी कार्यक्रम भन्नु पर्छ भन्नु भयो । ती १४ विशेषता हामीले अभ्यास नै गरिसकेका छौँ । वास्तवमा जनताको बहुदलीय जनवादले उल्लेख गरेभन्दा धेरै विषय हामीले अभ्यास गरिसकेका छौँ,’ भुसालको भनाइ छ ।

यदि सिद्धान्तको रूपमा यसले पार्टीलाई मार्गदर्शन गर्छ भन्ने नै हो भने आफूले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको ‘लोकतान्त्रिक बाटोबाट श्रमजीवी वर्गको पक्षमा समाजको रूपान्तरण’ भन्ने परिभाषाका आधारमा जबजको व्याख्या गर्नुपर्ने उनको टिप्पणी छ ।

‘जनताको बहुदलीय जनवादबारे हामीले मदन भण्डारीको देहान्तपछि छलफल गर्न छोडेका छौँ । उहाँले जनताको बहुदलीय जनवादलाई कार्यक्रमको रूपमा अगाडि सार्नु भएको थियो । छैटौँ महाधिवेशनमा त्यसलाई सिद्धान्त निर्माणको कुनै आधार नै नदिईकन सिद्धान्त भनियो,’ उनले भनेका छन्, ‘सातौँमा नयाँ केही गरिएन । आठौँ महाधिवेशनमा जनताको बहुदलीय जनवादका विशेषता के के हुन् भनेर क। झलनाथ खनालले लामो व्याख्या गर्नु भयो तर सिद्धान्तको रूपमा त्यसको पुष्टि गर्नु भएन । त्यसका विशेषताहरूलाई क। वामदेव गौतमले पनि व्याख्या गर्नु भएको छ । तर वस्तुतः त्यसबारे आवश्यक छलफल भएकै छैन ।’

नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्दै छ । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अन्तिमरुप दिने छ । आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान प्रतिवेदनमाथि छलफल जारी छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad