Ad Area

प्रेसलाई अकुंश लगाउने कानुन स्वीकार्य छैन : अध्यक्ष पोख्रेल


बुटवल, ४ असोज । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेसलाई अकुंश लगाउने कुनै पनि कानुन स्वीकार्य नहुने बताएका छन । संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंच गरेर कानुन निर्माण गरेको भन्दै उनले आपत्ति जनाएका हुन ।

नेपाल पत्रकार महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा सोमबारदेखि बुटवलका शुरू भएको एक हप्ते आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले प्रेसमैत्री कानुन बनाउन तीन तहकै सरकारको ध्यानाकर्षण गराए । ‘लुम्बिनी प्रदेश सरकारले बनाएको कानुन प्रेसविरोधि छ, त्यसलाई फिर्ता गर्न माग गरेका छौं’,अध्यक्ष पोख्रेलले भने,‘सरकारले नसच्याए महासंघले स्वीकार गर्दैन । उनले लुम्बिनीसहित केही प्रदेशले बनाएका मिडिया सम्बद्व कानुन प्रेसविरोधि भएकाले त्यसका विरूद्व पत्रकारहरू बोल्नुपर्ने बताए ।’ उनले प्रेस विरोधी कानुन महासंघले स्वीकार गर्न नसक्ने भन्दै त्यसलाई सच्याउन आग्रह गरेका गरे ।

अध्यक्ष पोख्रेलले पत्रकारिताप्रति थुप्रै प्रश्न उब्जेकाले त्यसलाई चिर्नु पर्ने समय आएको बताए । पत्रकारिता तालिममले दक्ष र प्रेस, अभिव्यक्ति स्वतन्त्रताका सवालमा बोल्ने, लेख्ने पत्रकारहरू तयार पार्ने विश्वास समेत व्यक्त गरे । पत्रकारहरूले जस्तो पनि समाचार लेख्छन भन्ने छाप परेको भन्दै जनताले विश्वास गर्नेगरी समचार लेख्न सके पत्रकारको स्तर कायम हुने बताए । पत्रकारले समाजको अपेक्षा बुझेर जिम्मेवारी निर्वाहा गर्नु पर्ने भन्दै पत्रकारहरूलाई पत्रकार आचारसंहिता पालना गर्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष गोविन्द आचार्यले क्षमता विकास गर्न सके पत्रकारीता क्षेत्रमा प्रसस्त अवसर रहेको बताए । उनले पत्रकार महासंघ पत्रकारहरूको क्षमता अभिवृद्दि र पेसागत सुरक्षाका लागि विगतदेखि नै काम गरिरहेको बताए ।

तालिम शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव बिक्रम खड्का, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह बिश्वकर्मा, पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पोख्रेल, सचिव विनोद परियारले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । तालिमको महासंघका निर्वतमान अध्यक्ष गोविन्द आचार्यले सहजिकरण गरेका गर्नेछन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad