Ad Area

बाँकको खजुरामा खुल्ला जुनियर जुडो प्रतियोगिता सुरु


बाँके,५ फागुन । बाँकेको खजुरा गाउँपालिकामा शुक्रवारदेखि राष्ट्रियस्तरको जुडो प्रतियोगिता सुरु भएको छ । खजुरामा रहेको मंगोलियन जुडो डोजोले खजुरा गाउँपालिकाको सहकार्यमा पालिकाको–३ मा रहेको ज्ञानोदय नमूना माध्यामिक विद्यालयको प्रांगणमा ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ आयोजना गरेको हो ।

प्रतियोगिताका खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले बेल्ट हस्तान्तरण गरेर सुरु गरिन् । उनले खजुरालाई चिनाउन जुडा प्रतियोगिताले सहयोग गरेको बताइन् । उनले खजुरा जुडोको हब बन्दै गएपनि जुडोको लागि कुनै पनि भवन नभएकोले पालिकाले भवन निर्माणका लागि आगामी वर्षदेखि काम गर्ने बताइन् ।

कार्यक्रममा–३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारीले खजुराको वडा ३ ले खेलकुदमा फड्को मार्दै गएको बताए । उनले वडामा हुने खेलकुदका गतिविधिका लागि वडाले सधैं सहयोग र सहकार्य गर्ने बताए । त्यस्तै कार्यक्रममा ज्ञानोदय नमूना माविका प्रधानाध्यापक ऋषिराम सापकोटाले जुडो खेलको माध्यामबाट ज्ञानोदयका खेलाडीले अन्तर्राष्ट्रियस्तरसम्मको प्रतियोगितामा सहभागिता जनाएको बताए ।

कायक्रममा मंगोलियन जुडाका अध्यक्ष विजय गुरुङले खजुरामा जुडो खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रमको प्रभावफेरिमा खेलाडीहरुसहित आयोजकले खजुरा बजार परिक्रमा पनि गरेको थियो । शनिबारसम्म संचालन हुने प्रतियोगितामा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशबाट बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, महेन्द्रनगर, धनगढी, कास्कीलगायतका जिल्लाबाट ९ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा करिब १ सय ५० खेलाडी र १८ जना अफिसियलको सहभागिता छन् । प्रतियोगितामा कुनै पनि टिमले निःशुल्करुपमा सहभागिता जनाउन सकिने व्यवस्थापक संयोजक निकेश लामिछानेले बताए । प्रतियोगिता अवधीभर खाना र आवासको व्यवस्था पनि आयोजकले निःशुल्क गरेको उनले बताए ।

Blog Post Ad

प्रतियोगितामा पुरुषतर्फ ८ विधामा ३० केजीदेखि ६० केजी र ओपन खेलहरु खेलाइने छ भने महिलातर्फ पनि ८ विधामा ३२ केजीदेख ५७ र ओपन खेलहरु खेलाइने छ । साथै प्रतियोगितामा २५ केजीतर्फको पनि खेल खेलाइने छ ।प्रतियोगितामा विजेता खेलाडीलाई स्वर्ण, रजत र दुई कास्य विधामा पुरिष्कृत गरिने छ भने वेष्ट पुरुष र महिला खेलाडीलाई नगद २ हजार ५ सय रुपैयाँसहित मेडलले सम्मान पनि गरिनेछ । यसअघि २०७५ सालमा पहिलो लुम्बिनी प्रदेशस्तरीय जुडो प्रतियोगिता सोही स्थानमा भएको थियो ।

Blog Post Ad Blog Post Ad