Ad Area

महाशिवरात्रिमा पाण्डवेश्वर मन्दिरमा दर्शनार्थीको भीडभाड (फोटो फिचर)


घोराही, ६ फागुन । महाशिवरात्रिको अवसरमा दाङको प्रशिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा शिवको पूजा आरधानाका लागि भक्तजन तथा दर्शनार्थीको भीड लागेको छ ।

घोराही उपमहानगरपालिका ५ धारपानीस्थीत विश्वकै अग्लो त्रिशुल रहेको उक्त मन्दिरमा बिहानैदेखि दर्शनार्थीको चहलपहल बढेको हो । महाशिवरात्रिको अवसरमा मन्दिरमा विहान ३ बजेदेखि नै भगवान शिवको पूजापाठ तथा आरधाना सुरु भएको पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

महाशिवरात्रिको अवसरमा घोराहीस्थीत रणसिंङ दलको नेपाली सेनाको एक समुहले सलामी समेत अर्पण परेको थियो । उक्त कार्यक्रममा लुम्विनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादवलगायतका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य,प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । मन्त्री यादवले लुम्विनी प्रदेशको समृद्धिको आधार पर्यटन र कृषि उद्योगको विकास रहेको बताउनु भएको थियो ।

Blog Post Ad

लुम्विनी प्रदेश पर्यटकिय रुपमा अत्यन्त सम्भावना बोकेको क्षेत्र भएको भन्दै मन्त्री यादवले यी क्ष्ँेत्रको थप विकास गर्दै स्वदेशीसग्ँै विदेशी पर्यकटहरुलाई आकर्षित गर्ने गरि विकासका कामहरुलाई अघि बढाउनुपर्ने बताउनुभयो । ‘लुम्वनी प्रदेश पर्यटकिय विकासका लागि महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो । यहाँ पर्यटकलाई आकर्षण गर्ने धेरै कुराहरु छन’,मन्त्री यादवले भन्नुभयो,‘त्यी क्षेत्रहरुको पहिचान गर्ने र गुरुयोजना बनाएर व्यवस्थीत रुपमा विकास गर्न आवश्यक छ ।’ त्यसका लागि धार्मिकसँग विभिन्न जातजाति र समुदायसँग जोडिएका कल र सांस्कृतिका विषयहरुलाई जोड्नुपर्ने बताउनुभएको थियो ।

१ लाख बढि भक्तजनहरुले पूजापाठ तथा दर्शन गर्ने अपेक्षा गरिएको मन्दिरमा सुरक्षा व्यवस्थालाई समेत कडा गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले जानकारी दिनुभएको छ । महाशिवरात्रिका अवसरमा धारापानीलगायत जिल्लाकास्थानमा शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भिड व्यवस्थापन तथा सुरक्षा व्यवस्थापनका लागि ३ सय ५० बढी सुरक्षाकर्मी परिचालय गरिएको दाङका प्रहरी प्रमुख वलीले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad