Ad Area

लागूपदार्थ दुर्व्यसन नियन्त्रणमा जुट्न नागरिक समाजको ध्यानाकर्षण


घोराही, ७ फागुन ।  नागरिक समाज दाङले जिल्लामा लागूपदार्थ सेवन तथा ओसारपसारको गर्नेको संख्या दिनानुदिन बढ्दै गएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजका संयोजक केबी मसालको अध्यक्षतामा आईतबार घोराहीमा बसेको बैठकले कुलतमा फस्नेको संख्या बढ्दै गएको हुँदा लागुऔषध नियन्त्रणका लागि सरोकार सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

यसैगरी, देशका विभिन्न स्थानमा भएका ग्यास सिलिण्डर उत्पादक कम्पनी तथा बिक्रेताहरुले तोकिएको मापदण्ड पूरा नगरेका ग्यास सिलिण्डर, रेगुलेटर, पाईप जस्ता सामग्रीहरु बजारमा पठाउँदा मानवीय तथा भौतिक क्षति हुने घटना बढ्दै गएको हुँदा मापदण्ड पूरा गरेका सामग्री मात्रै बजार पठाउन सम्वद्ध निकायको ध्यानाकर्षण गराईएको छ । साथै, सम्बिन्धित निकायको विशेष अनुगमन गर्न र आम नागरिक पनि ग्यास सिलिण्डर प्रयोगमा थप सचेत रहन अपिल गरिएको छ ।

समाजको बैठकले माघ २७ गते घोराही १७ चौघेरास्थित श्री गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मन्दिरमा संचालित वैदिक गुरुकुलको छात्रावासमा आगलागी भई विद्यार्थीहरुको लत्ताकपडा, जिन्सी सामान जलेर पूर्ण रुपमा क्षति भएको हुँदा विपद व्यवस्थापन समिति, स्थानीय सरकारलगायत सहयोगी सबै संघसंस्थाहरुबाट आवश्यक सहयोगका लागि अनुरोध गरेको छ ।

बैठकले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीको राप्ती गाउँपालिकाकाको सबै वडा, गढवा गाउँपालिका र शीतगंगा नगरपालिकाको केही वडामा प्रदेश राजधानी पूर्वाधार विकास गर्ने क्रममा लामो समयदेखि जग्गा धनीहरुको नीजि जग्गा रोक्का भई गुनासो आउने क्रम बढ्दै गएकाले राजधानीको गुरुयोजना अबिलम्ब तयार गरी जग्गाधनीहरुको रोक्का गरिएका नीजि जग्गा फुकुवा गरिदिन प्रदेश सरकार समक्ष अनुरोध गरेको छ ।

यसैगरी, नागरिक समाजको विविध गतिविधि समावेश गरी नागरिक आवाजको दोश्रो अंक प्रकाशन गर्न हरिप्रसाद पाण्डेय, पद्मप्रसाद शर्मा र नारायणप्रसाद श्रेष्ठ रहेको सम्पादन समिति गठन गरिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad