Ad Area

नेपाल शिक्षक संघमा पद हस्तान्तरण


हेमराज शर्मा
दाङ,९ फागुन । नेपाल शिक्षक संघ दाङको नवौ जिल्ला अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष युवराज बस्नेतको सभापतित्व एवं नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सभापति अमरसिङ पुनको प्रमुख आतिथ्यताकार्यक्रम भएको थियो ।

कार्यक्रममा सर्वसहमतिमा चयन भएको प्रकाश डाँगी नेतृत्वको जिल्ला कार्यसमितिका, पदाधिकारी र सदस्य तथा संघीय र प्रदेश प्रतिनिधिहरुको पद हस्तान्तरण तथा सपथ ग्रहणको कार्यक्रम गरिएको छ । कार्यक्रम नेपाल शिक्षक संघ दाङले प्रकाशन गरेको शिक्षक आवाज स्मारिका–२०७९ को लोकार्पण गरिएको थियो ।

कार्यक्रममा हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनबाट निर्वाचित सांसदहरु र जिल्ला समन्वय समितिमा निर्वाचित प्रमुख र उपप्रमुखलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पुनले समय सापेक्ष शिक्षा प्रदान गर्ने वातावरण गराउने कार्यमा राज्य गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए । शिक्षकहरु समय अनुसार प्रबिधिमैत्री अभिभावकमैत्री बन्नुपर्ने भन्दै उनले शिक्षाको बिकासमा लाग्नुपर्ने बताए ।

चुनावबाट कांग्रेस पहिलो पार्टी भएपनि नेतृत्वको अदुरशर्शिताका कारण अहिलेको अवस्था आएको टिप्पणी गरेका थिए । नेपालको ब्यवस्था परिवर्तन गर्न शिक्षकको भूमिका महत्त्वपूर्ण भएको भन्दै उनले प्रजातान्त्रिक ब्यवस्था बलिलो बनाउन शिक्षक संघमा आवद्ध शिक्षक लाग्नुपर्ने बताए ।

कार्यक्रममा बिशिष्ट अतिथी नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सह–महामन्त्री खगराज पाण्डेय, कांग्रेस दाङका सभापति शंकर प्रसाद डागी, नेपाल शिक्षक संघका संघिय उपाध्यक्ष अमरबहादुर खड्का, लुम्बिनी प्रदेशका सस्थापक अध्यक्ष अर्जुनकुमार योगी, लुम्बिनी प्रदेश सभासदहरु प्रचण्डबिक्रम न्यौपाने गुन्टु र लोकाकुमारी बिश्वकर्मालगायतले शिक्षक संघको जिल्ला समिति सर्वसहमतीमा चयन गरेर सकारात्मक सन्देश दिएको भन्दै नेतृत्वको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Blog Post Ad

कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान सभासद शंकर गिरि,नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका महासचिव लालप्रसाद पङ्गेनी, संघ सल्यानका पूर्व अध्यक्ष बिष्णुप्रसाद आचार्य, संघका दाङका पूर्व अध्यक्षहरु शंकर दिवस मज्गैया र कुमोद पोख्रेल,संघका पूर्व उपमासचिव सुशीला सुवेदी,जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, नेपाली कांग्रेस दाङ क्षेत्र न १ भेषराज पाण्डेय, ३ का जगतबहादुर खड्का, क्षेत्र न २ (ख) का सभापति अभियान बस्नेत,नेपाल महिला संघकी जिल्ला अध्यक्ष गोमा रावत, नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेल, नेपाल ट्रेड यूनियन कांग्रेसका पूर्व अध्यक्ष खिलानाथ दाहाल, दलित संघका जिल्ला उपाध्यक्ष प्रकाश नेपालीलगायतका शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका महिला उपाध्यक्ष अनन्ता केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा उपाध्यक्ष योगराज खत्रीले धन्यवाद ज्ञापन र सहजीकरण सचिव व प्रकाश डाँगीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad