Ad Area

कलश सहकारीद्वारा विद्यार्थीलाई पढाइमा सहयोग गर्न गुरूकुलमा अक्ष्यकोष


दाङ,९ फागुन । दाङको घोराहीस्थित कलश बचत तथा ऋण सहकारी संस्थाले वैदिक गुरूकुल चौघेरामा अक्ष्यकोष स्थापना गरेको छ । गोरक्ष पात्रदेवता सिद्धरतन्नाथ मन्दिरद्वारा सञ्चालित गुरूकुलमा रहेका बटुकहरूलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यले बीस हजार रूपैयाको अक्ष्यकोषको स्थापना गरिएको हो ।

सहकारी संस्थाको सहकारी शिक्षा कार्यक्रम अन्तरगत सेवा क्षेत्रभित्र रहेका विभिन्न विद्यालयमा यस्तै किसिमको कोष स्थापना गरिएको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिएका छन् । संस्थाले यसअघि मावि जजरागाँउ,प्रावि गैरागाउ,प्रावि घोरदौरा,आवि गिठेपानीलगायतका विद्यालयमा अक्ष्यकोष स्थापना गरिसकेको छ ।

संस्थाका अध्यक्ष शर्माको अध्यक्षतामा भएको अक्ष्यकोषको रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मन्दिरका सचिव हिरानाथ योगीले कलशले दिएको अक्ष्यकोषको रकमले गुरूकुलमा पढ्ने बालवालिकामा ठुलो सहयोग पुग्ने बताए । संस्थाका शिक्षा उपसमितिका संयोजक केशव रिजालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव विमल योगीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad