Ad Area

लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी, कलाकारसँगै नाचे नेता र जनप्रतिनिधी


घोराही, ९ फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा साँतौ दिन केन्द्रिय कलाकारहरुसँगै अतिथि नेताहरु पनि नाचेका छन् ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्विनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा गायक खेम सेञ्चुरीको प्रस्तुतिमा प्रदेश तथा जिल्लाका नेताहरु नाचेका हुन । उनले गीत गाउँदा नेपाल सरकारका पूर्व सिचाई राज्य मन्त्री एवं नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँगै नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीलगायतका नेताहरु तथा जनप्रतिनिधि कलाकारहरुसँगै नाचेका हुन ।

सेञ्चुरीले प्रस्तुत गरेका रमरम मरौटी, झ्यालमा पर्दा छ, दिलमा तिम्रै फोटो छ, झ्याप्पै माया लै लै, झ्यालमा पर्दा छ, डालीमा सुगा र मैना छ’ लगायतका चर्चित गीतमा गाएका थिए । उनलाई महिला उद्यम समिति लुम्बिनी प्रदेशका अध्यक्ष शान्ती शर्मा, नेपाल घरेलु तथा साना उद्योग महासंघका लुम्बिनी प्रदेश सल्लाहकार किरण रेग्मीलगायतका अतिथिहरुले पनि नाचेर कलाकारहरुलाई साथ दिएका थिए । अतिथिहरुलाई आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँ, सचिवालय संयोजक लब अधिकारी, अनुगमन तथा मुल्यांकन समितिका संयोजक श्रीमन न्यौपाने लगायतले स्वागत गरेका थिए ।

कार्यक्रममा कलाकार खेम सेञ्चुरीसँगै सातौ दिन सेञ्चुरीसँगै कलाकारहरु, खड्ग शर्मा, ऋतु कडेल, आशा बि.सी, राजेन्द्र चौधरीलगायतले आफ्नो प्रस्तुती राखेका थिए । प्रदर्शनीमा जिल्लास्तरीय लोकदोहोरी प्रतियोगीता र लोक नृत्य प्रतियोगीता जारी छ । जस अन्तरगत लोकदोहोरी गीत प्रतियोगीताको सेमीफाईनल खेल बुधवार हुने भएको छ । सेमीफाईनल अन्तरगत फाईनलकालागी बुधवार लोक तथा दोहोरी गीत प्रतिष्ठान बी र देउराली दोहोरी साँझ एवं लोक तथा दोहोरी गीत प्रतिष्ठान ए र बागीना कला पुञ्जबीच प्रतिस्पर्धा हुने छ ।

त्यस्तै लोकनृत्य प्रतयोगीता अन्तरगतग गोरखा ईङ्लीस बोर्डिङ स्कूल, पर्ल एकेडेमी, मदन भण्डारी मेमोरियल, मेरिल्याण्ड स्कूल, सरस्वति मावि काठेकोहलले मंगलवार प्रस्तुति राखेका थिए । बुधवार जनज्योति बोर्डिङ स्कूल, लिटील एञ्जल बोर्डिङ स्कूल र अल्फा बोर्डिङ स्कूलको प्रस्तुति रहने प्रतियोगीताको व्यवस्थापन गरिरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका अध्यक्ष राजेन्द्र दाहालले जानकारी दिएका छन् ।

Blog Post Ad

बुधवारको कलाकारहरु

प्रदर्शनीमा बुधवार आठौँ दिन गायीका अस्मीता अधिकारी, मोडल करिस्मा ढकाल, दोहोरी गायीका अस्मीता डल्लाकोटी, गायक देबेन्द्र बस्नेत, अस्मीता पुरीलगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

Blog Post Ad Blog Post Ad