Ad Area

राष्ट्रपति रनिङ शिल्डका लागि आईटिएफ तेक्वान्दोका खेलाडी छनोट


दाङ,१३ फागुन । जिल्लास्तरीय १३ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ अन्तर्गत दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको जिल्ला छनोट प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको व्यवस्थापनमा शनिवार घोराहीमा भएको प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा महिलाअन्तर्गत ३५–४० तौल समूहमा गोरक्ष रत्ननाथ माध्यामिक विद्यालयकी सृष्टि योगी, ४०–४५ तौल समूहमा ज्ञानोदय सेकेण्डरी बोर्डिङकी अनिषा घिमिरे, ४५–५० तौल समूहमा पद्मोदय पव्लिक नमूना माध्यामिक विद्यालयकी झरणा बुढामगर लुम्विनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दाङबाट छनोट भएका हुन ।

त्यसैगरी पुरुषतर्फ ४०–४५ तौल समूहमा पद्मोदय पव्लिक नमूना माध्यामिक विद्यालयका विकाश पुन, ४५–५० तौल समूहमा गोरक्षरत्ननाथ माध्यामिक विद्यालयका राजेश सुनार, ५०–५५ तौल समूहमा ज्योतिपुञ्ज आवासीय माध्यामिक विद्यालयका अर्जुन नेपाली छनोट भएको दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागी महिला र पुरुष खेलाडीहरुले ३÷३ तौल समूहमा प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न विद्यालयका ६५ जना खेलाडीहरुको सहभागीता रहेको थियो । जिल्लास्तरीय १३ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलहरु शुक्रवारदेखि भैरहेका छन् । प्रतियोगिता आइतवार समापन हुने छ ।

Blog Post Ad Blog Post Ad