Ad Area

जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्डमा गोरखा मावि शिर्ष स्थानमा


दाङ,१३ फागुन । गोरखा मावि तुलसीपुर दाङको बेल्झुण्डीमा जारी जिल्लास्तरीय १३ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को अग्रस्थानमा रहेको छ ।

दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा संचालित प्रतियोगिताको दोस्रो दिनसम्म ५ स्वर्ण र १ कास्य पदक हात पार्दै गोरखा माबी तुलसीपुर अग्रस्थानमा रहेको हो ।

त्यस्तै जनप्रिय बोर्डिङ स्कुल तुलसीपुर ३ स्वर्ण, १ रजत पदकका साथ द्वितिय स्थानमा रहदा बिपि मावि बयाले शान्तिनगर २ स्वर्ण हात पार्दै तृतिय स्थानमा रहेको प्रतियोगिताका सचिवालय सदस्य तथा टेवलटेनिस सहायक प्रशिक्षक बालकृष्ण शाहले जानकारी दिएका छन् ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा जिल्लामा रहेका १० पालिकास्तरका रनिङ शिल्डमा प्रथम, दोस्रो स्थान हासिल गरेका सामुदायिक तथा निजी बिधालयका छात्र, छात्रा बिच प्रतिस्पर्धा भइरहेकोछ ।

प्रतियोगिता अन्तरगत आइतवार अन्तिम दिन एथलेटिक्स ट्रयाक तर्फ ३ हजार मिटर, ४ गुणे ४०० रिले,हाईजम्प र त्रीपलजम्प छात्र छात्रा हुनेछ भने भलिबल, कवडी, छात्र छात्रा तर्फको फाईनल खेल हुनेछ । यसैबिच प्रतियोगिताको औपचारिक समापन तथा पुरस्कार बितरण बिहान १२ बजे पछि गर्ने कार्यक्रम तय भएकोछ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad