Ad Area

राष्ट्रपती रनिङ शिल्डको उपाधी गोरखालाई


दाङ, १४ फागुन । दाङ जिल्लास्तरीय १३ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधी गोरखा मावि तुलसीपुरले जितेको छ । दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा संचालित प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र १ काश्य पदक हात पार्दै गोरखा मावि तुलसीपुरले उपाधि जितेको हो ।

त्यस्तै ४ स्वर्ण, ७ रजत र १ कास्य पदकका साथ गोरखा मावि घोराही दोस्रो हुदा वीपी मावि बयाले शान्तिनगर ४ स्वर्ण पदकका साथ तृतीय भएको छ । दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर मास्कीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का र सामाजिक बिकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बेगम केसीको बिशिस्ट आतिथ्यमा बिजेता खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणप प्रदान गरेका थिए ।

त्यस अवसरमा सर्वोउत्कृष्ट खेलाडी एथलेटिक्स छात्र जनप्रिय बोर्डिङ स्कुल बालापुरका सुजल डाँगी,छात्रातर्फ गोरखा मावि तुलसीपुरका करुणा रिजाल, भलिबल छात्रामा जयशेर माविका स्मृति पुनमगर, छात्रमा ज्ञानसिन्दुका हितेस राम्जाली, कबडीमा रोजी वर्डस लमहीका रोषण थापा, छात्रामा गुरुजजुर माविका बिजया महतरा, कराते छात्र वीपी मावि बयालेका कुमार चपाई, छात्रामा तुलसी आबासीय माविका मनिसा खड्का, तेक्वान्दोमा छात्रमा गोरखा मावि घोराहीका जस्मिन चौधरी,छात्रामा महेन्द्र मावीका उमा पन्थी घोषित भएका थिए । दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकाए लक्ष्मण बस्नेतले गरेका थिए ।

Blog Post Ad Blog Post Ad